२०८१ वैशाख ८ गते | 20th of April 2024

नेजाद्दारा एनआरएनए अमेरिकाको नव-निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ ७ गते ४:०४

अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्दाराभर्खरै सम्पन्न एनआरएनए अमेरिकाको नव-निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । नेजाका महासचिव किरण मरहठ्ठाद्दारा जारी वक्तब्यमा ‘अध्यक्ष पदमा निर्वाचित सुनील साह लगायत उहाँको टिममा निर्वाचित हुनुभएका पदाधिकारीहरु एवम् सदस्यहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) हार्दिक बधाई ज्ञापन गर्दछ,’ भनिएको छ ।

‘सबल एनआरएनए अमेरिका बनाउन नेजाले आफ्नो तर्फबाट गरेको ‘नेजा – एनआरएनए अमेरिका बहस’ जस्ता कार्यक्रमले आगामी दिनमा प्रवासी अमेरिकी समाजमा नेजा र नव-निर्वाचित अध्यक्ष साहको कार्यसमितिसंग सहकार्य गर्न सदैव तत्पर रहेको जानकारी गराउंदछौं’ वक्तब्यमा भनिएको छ । नेजाले निर्वाचित कार्यसमितिको सफलताको कामना गरिएको छ ।

महासचिव मरहट्ठाद्दारा जारी वक्तब्य :

हार्दिक बधाई ।

एनआरएनए एनसिसी अमेरिकाको भर्खरै सम्पन्न निर्वाचन मार्फत अध्यक्ष पदमा निर्वाचित सुनील साह लगायत उहाँको टिममा निर्वाचित हुनुभएका पदाधिकारीहरु एवम् सदस्यहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) हार्दिक बधाई ज्ञापन गर्दछ ।

सामुदायिक पत्रकारिता मार्फत अमेरिकी नेपाली समुदायलाई सु-सुचित गर्दै आईरहेको नेजा प्रजातांत्रिक तवरले सम्पन्न यो निर्वाचनप्रति खुशी व्यक्त गर्दै एनआरएनए अमेरिकासंगको हाम्रो सम्बन्ध नव-निर्वाचित कार्यसमितिसंग अझै प्रगाढ र सुगन्धित हुने अपेक्षा गर्दछ । 

सबल एनआरएनए अमेरिका बनाउन नेजाले आफ्नो तर्फबाट गरेको ‘नेजा – एनआरएनए अमेरिका बहस’ जस्ता कार्यक्रमले आगामी दिनमा प्रवासी अमेरिकी समाजमा नेजा र नव-निर्वाचित अध्यक्ष साहको कार्यसमितिसंग सहकार्य गर्न सदैव तत्पर रहेको जानकारी गराउंदछौं ।

अन्तमा, एनआरएनए अमेरिकाको नव निर्वाचित कार्यसमिति समुदाय, संस्कृति र जन्मभुमीको समुन्नत हितका लागी अग्रसर होस् भन्ने कामना गर्दै नव-निर्वाचित अध्यक्ष सुनील साह लगायत उहाँको कार्यसमितिलाई दुई बर्षे कार्यकालको सुवर्ण सफलताको कामना गर्दछौं ।
धन्यवाद ।

किरण मरहठ्ठा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *