२०८१ वैशाख ८ गते | 20th of April 2024

हरेक हन्डरका हल खोजिएका मेरा चार बर्ष – एनआरएनए अमेरिका अध्यक्ष डा. केशव पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १२ गते २१:१९

एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलले आफ्नो दुई कार्यकाल सम्पन्न गरिसेकेका छन् । उनी आफ्नो कार्यकाललाई स्वर्णिम कार्यकाल रहेको बताएका छन् ।आफ्नो कार्यकाल कसरी बित्यो र के के कार्यहरू भयो र अबको उनको यात्रा के हुनेछ भन्ने जिज्ञासालाई लिएर नेपालयका बिष्णु पौडेलसंगको कुराकानी ।

तपाईँले एनआरएन अमेरिकाको दुई कार्यकाल सम्म नेतृत्व लिनु भयो तपाइको विचारमा हाल एनआरएन अमेरिकाको अवस्थामा कहाँ छ जस्तो लाग्छ ?

डा. पौडेल – एनआरएनए अमेरिकाले अहिले आफ्नो गन्तव्य पहिलाउँदै अगाडी बढी रहेको छ । आफ्नो गतिमा हिँडिरहेको छ । हामीले जे सोचेर एनआरएन खोलेका थियौ त्यही दिशमा लम्केको जस्तो लाग्छ । नेपाल र नेपालीको हितमा काम गर्दे अगाडी बढेको छ ।

एनआरएन अमेरिकामा तपाईँ आइसकेपछि के के कामहरू गर्नुभयो ?

डा. पौडेल – एनआरएन अमेरिका भरखर भरखर कोठाबाट बाहिर आएको संस्थालाई संस्थागत रूपमा अगाडी बढाउँदै सिस्टमा लैजान अलिकति समय लागेको थियो । निर्वाचनबाट साथीहरूलाई संस्थामा आउने बाटो खुलेको छ । एनआरएन अमेरिका प्रति नेपालीहरूको आस्था बढेको पाइएको छ नागरिकताको विषयमा आफ्नो आवाज उठाइरहेको छ भने लगानीको विषयमा पनि धेरै काम गरेको छ । विगतमा युरोप रसियाका एनआरएन भन्दा पछाडि रहेको थियो तर हाल एनआरएन अमेरिका कुनै देश भन्दा कम छैन भन्ने पुष्टि गरेको छ । एनआरएन अमेरिकाले बिभिन्न किसिमका कामहरू क्षेत्रीय सम्मेलन,विज्ञ सम्मेलनहरू बाट पनि प्रमाणित गरेको छ । हाल भई रहेका निर्वाचनको जस्ता सबै कुराहरूमा एनआरएन अमेरिका सबल, सक्षम छ भनेर पनि प्रमाणित गरिसकेको छ ।

अमेरिकाको मुलधारको राजनीतिमा कसरी जान सकिन्छ र त्यहाँ कसरी नेपालीलाई पठाउने सकिन्छ भन्ने तर्फ पहल गरिरहेको छ । अमेरिकामा बस्ने नेपालीहरूको दुःख सुखमा कसरी साथ दिने यहाँ बस्ने नेपालीहरूका समस्याहरूलाई कसरी समाधान गर्ने, अमेरिकामा नेपाली जातीले पाउने अधिकारको विषयमा जानकारी दिने, हाम्रो एनआरएन कै संयोगको कारणले अमेरिकाको सांसदमा साथीहरू पुग्नुभएको छ । नेपाली भाषा संस्कृति जगेर्ना गर्ने काम नेपाली पाठशाला खोल्ने काम नेपाली कम्युनिटी सेन्टर खोल्ने काम नेपाली साहित्यका कामहरू, लगायत अमेरिकामा बस्ने नेपालीहरूको हितमा धेरै कामहरू सुरुवात भएको छ एनआरएन अमेरिकाले आफ्नो जङ्ग बसालेको छ अब आउने नेतृत्वले गाडी सही ढङ्गले चलाउने मात्र काम गरे पुग्छ ।

तपाइले एनआरएन अमेरिकाको दुर्ई कार्यकाल बिताउनुभयो अमेरिकामा बस्ने नेपालीहरूको खास मागहरू के के रहेछन् ?

डा. पौडेल – नेपालीहरूका माग त धेरै नै छन् । एक त हामी विदेशमा आएर बसेका छौ हाम्रो सरकार छैन राजदूतावासहरूको पनि खासै राम्रो अस्तित्व देखिएको छैन त्यस कारण पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले के सोच्नुभएको छ भने एनआरएन नै हाम्रो संस्था हो हाम्रा सम्पूर्ण समस्याहरू एनआरएन नै समाधान गर्नु पर्छ भन्ने धारणा रहेको छ । हाम्रो लागी अमेरिकामा सरकार भनेकै एनआरएन हो भन्ने धारण रहेको छ । हरेक समस्याहरू एनआरएनले समाधान गरिदियोस भन्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहना छ । नेपालीहरूको समस्याहरू समाधान गर्नको लागी हामीले नेपाल सरकार तथा अमेरिकन सरकार सँग समन्वय गरेर काम गरी रहेका छौ ।

आफ्नो कार्यकाल कतिको सफल भएको मान्नुहुन्छ ?

डा. पौडेल – एनआरएनको इतिहासमा मेरो कार्यकाल स्वर्णिम कार्यकाल हो । यस बिचमा विभिन्न बाँधा व्यवधान आई परेका थिए तर ती सबै लाई पार गरेर यहाँ सम्म आइपुगेका छौ । त्यस कारण आगामी दिनमा यसको भविष्य उज्वल रहेको छ । मेरो कार्यकाल अत्यन्त सफल रहेको मैले ठानेको छु ।

अब तपाइको कार्यकाल त पुरा हुन लागेको छ अबको तपाइको यात्रा कता हुने छ ?

डा. पौडेल – म एउटा निरन्तर समाजसेवामा लाग्ने मान्छे भएकाले त्यस कारण त्यतिकै बस्न सक्तिन । विशेष गरेर आगामी दिनमा म एनआरएन अमेरिकालाई कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा लाग्छु भने एनआरएनका अन्तर्राष्ट्रिय समितिहरूसँग पनि सहकार्य गरेर अगाडी बढ्छु होला ।

विगतमा एनआरएन अमेरिकाको चुनाबलाई लिएर विवाद भएको थियो यसपालिको चुनाव कस्तो हुने अपेक्षा राख्नुभएको छ ?
विगतमा भएको चुनाबको कमी कमजोरीलाई सुधार गद्र्रे यसपालिको चुनाव एकदम निष्पक्ष हुन्छ । त्यसमा कुनै शङ्का नर्गेन समेत अनुरोध गर्दछु । सबैभन्दा ठुलो कुरा सिस्टम कसरी सुरुवात भएको छ भन्ने बुझ्नु सबैले पर्छ । सबै साथीहरू आफ्नो आइडी कार्ड राखेर सदस्य बन्नु भएको छ त्यो नै पहिलो आधार निर्वाचन निष्पक्ष हुन्छ भन्ने आधार रहेको छ । अर्को हाम्रो जुन निर्वाचन कमिटीमा रहनुभएका पाँच जना व्यक्तित्वहरू हुनुहुन्छ वहाँहरू अमेरिकाको प्रतिष्ठित व्यक्तिहरू हुनुहुन्छ । ,उहाँहरू सबै अनुभवी व्यतीत्वहरु हुनुहुन्छ त्यसैले यो निर्वाचन निष्पक्ष हुने कुरामा म ढुक्क छु ।

तपाईँ आफ्नो दुई कार्यकाल पुरा गरेर जाँदै हुनुहुन्छ अन्तमा अमेरिकामा रहनुभएका नेपालीहरूलाई के भन्न चाहनुहुन्छ ?

डा. पौडेल – हामी नेपाल छोडेर अमेरिका आई सकेका छौ हामी नेपाली दाजुभाइ दिदी बहिनीहरू संवृद्धितिर लागी रहेका छौ हामी सबै स्वतन्त्र छौ अर्कोको कुरा सुनेर नकारात्मक भावना अगाडी बढाएर एकआपसमा झगडा गरेर कहिले पनि राम्रो हुँदैन । हामी एकतावद्द हुनु प¥यो सकारात्मक भावका साथ अगाडी बढ्यौ भने एक अर्कालाई संयोग गरेर अगाडी बढ्न सकिन्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *