२०८१ वैशाख ८ गते | 20th of April 2024

जिपी फाउन्डेशन, अमेरिकाद्दारा ‘लैङ्गिक समानता : अाजको अावश्यकता’ बिषयक अन्तर्कृया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ १२ गते २१:५५

न्यूयोर्क – नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्क को अाफ्नै कार्यलयमा ‘लैङ्गिक समानता : अाजको अावश्यकता’ (Gender Equality:Need of the 21st Century) बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।Image may contain: 11 people, people sitting and indoor

कार्यक्रममा प्रमुख आतिथि नेपाल महिला सघं तथा मानव अधिकार सघं नेपालकी सस्थांपक सदस्य, नेपाल मिडियाकी सस्थांपक, लैङ्गिक समानताकी विशेषज्ञ भारती सिलवाल गिरी हुनुहुन्थ्यो भने विशेष अतिथि अधिकारकी डाइरेक्टर, नर्वदा झेत्री।Image may contain: 15 people, people standing and indoor

कार्यक्रमको अध्यक्षता जीपी कोइराला फाउण्डेशन, अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गर्नुभएको थियो । अध्यक्ष घिमीरेले शुभकामना मन्तव्य दिदै सबै उपस्थित महानुभावहरुलाई परिचय गराउनु भएको थियो ।Image may contain: 8 people, people sitting

फाउण्डेशनकी केन्द्रीय सदस्य शारदा क्षेत्रीले प्रमुख अतिथि लगायत अतिथिहरुलाई दोसल्ला अोढाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा फिलिपिनो-अमेरिकन नेत्री तथा वकिल लारा ग्रेगोरी, बङलादेश-अमेरीकन नेता, पुर्व राजदुत तथा फाउण्डेशनका मानार्थ सदस्य मोहम्मद रशिद, नेशनल एक्सन नेटवर्क नशाउका अध्यक्ष ईमानुएल एस्से, सोसाइटी अफ नेपाल अामा अमेरिकाकी अध्यक्ष बिमला गुरुङ र नेपाली जनसंपर्क समिती, अमेरिकाका संगठन विभाग प्रमुख नेका तथा माहासमिति सदस्य बेद खरेलले आ-आफ्न बिचार राख्नुभएको थियो । अधिकारकी डाइरेक्टर नर्वदा क्षेत्रीले प्रमुख अतिथि गिरीले समाजप्रति गर्नुभएको योगदानवारे प्रस्टाउनु भएको थियो।Image may contain: 5 people, people smiling, people standing

प्रमुख अतिथि भारती सिलवाल-गिरीले ‘लैङ्गिक समानता : अाजको अावश्यकता’ को बारेमा अवगत गराउदै यसै बिषयमा उहाँले अाफ्नो दशकौं भन्दा बढी कार्य गरेको अनुभव सुनाउनु भयो। विशेषज्ञ गीरीले नेपालको छाउपडी प्रथाको अन्तय साथै नेपालको संबिधानमा महिलाहरुको हकाधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो।Image may contain: 3 people

उहाँले हिलारी क्लीन्टनको उदाहरण दिदै अझै पनि अमेरिका जस्तो देशमा त महिला प्रति हेर्ने दृष्‍टिकोण फरक छ भने अरु देशमा त झन कति भेदभाव होला ? त्यसैले अाजको २१ अौं शताब्दीमा हामी महिला-पुरुष हातेमालो गर्दै समान-अधिकार प्राप्तिको लागि काम गर्न अत्यन्तै जरुरी छ भन्नुभयो । उहाँले यस फाउण्डेशनलाई अाफ्नो तर्फबाट सक्दो सहयोग, सहकार्य र सुझाव दिने प्रतिवद्धता जाहेर गर्नुभयो।Image may contain: 3 people, people smiling

फाउण्डेशनको तर्फवाट उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु क्रमशः सुश्री दावा शेर्पा, श्याम कार्की, प्रेम पौडेल, बिष्णुसिंह बैजु, शारदा क्षेत्री, बरिष्ठ कलाकार /मोडल डेजि शेर्पा, नेपालि काग्रेंसका नेता र समाजसेवी हरिसचन्द्र हमाल, अधिकारकर्मीद्वय पवित्रा दास र एल्सी हर्नान्डेज, दावाछिरिङ शेर्पा, सुनिता हमाल, गिता हमाल, राजेश्वरी नकर्मी, लाक्पा भोटे, कासाङ शेर्पा, एनअारएनए अभियन्ता बन्दना कोईराला, क्विन्स डेमोक्रेटिक पार्टीका फिल्ड डाइरेक्टर क्रीस्टोफर सेजा लगाएत हरुको उपस्थिति रहेको थियो ।Image may contain: 8 people, people sitting

कार्यक्रमको अन्त्यमा गिरिजाप्रसाद कोईराला फाउण्डेशन, अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले Barack Obama: Dreams from My Father भन्ने किताब प्रमुख अतिथि भारती सिलवाल गिरीलाई फाउण्डेशनको तर्फवाट उपहार दिदै गिरिजाप्रसाद कोइराला पुस्तकालयको स्थपना गर्ने घोषणा गर्नुभयो।Image may contain: 5 people, people sitting and indoor

Image may contain: 6 people, people sitting and indoor

Image may contain: 4 people, people smiling, people sitting

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *