२०८१ वैशाख ७ गते | 19th of April 2024

बालिका बलत्कालको प्रयासमा पक्राउ परेका पौडेल अनेरास्ववियुबाट निलम्बित

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १७ गते १४:३४

पोखरा, १७ जेठ ।
कास्कीको माछापुच्छ«े गाउँपालिका घलेखर्क स्थित ६ बर्षीय वालिकामाथि बलात्कार प्रयास गर्ने अखिल नेता संगठनबाट निलम्बित भउका छन् । सोमबार राती बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका अशोक पौडेललाई अनेरास्ववियुको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको अनेरास्ववियु जिल्ला कमिटि कास्कीले जनाएको छ ।
जिल्ला कमिटि अध्यक्ष विवेक देवकोटाद्धारा जारी बिज्ञप्तीमार्फत पौडेललाई यसअघिका पनि विबिध घटनाक्रमले संगठनको जिम्मेवारीबाट टाढा राखिएको उल्लेख गर्दै पछिल्लो घटनापछि साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको र एमाले कास्कीलाई पनि उनको साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न आग्रह गरिएको छ । साथै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कानुनी कारवाही गर्न समेत माग गरिएको छ ।
पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष समेत रहेका पौडेलले वालिकालाई जबरजस्ती गर्न खोज्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पर्वत स्थायी घर भएका पौडेलले यसअघि पनि आफ्नै क्याम्पसका युवती तथा आफु बसेको आसपासका महिला र युवतीमाथि यौन दुब्र्यवहार गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । यसअघि पृथ्बीनारायण क्याम्पसको महिला होस्टलमा मध्यराती छिर्न खोज्दा पक्राउ परेर ६ महिना कारवाहीमा परेका पौडेलले ९ महिना अघि मात्रै बिध्यावासिनी स्थित आफै बस्ने कोठा छेउको युवतीलाई जवरजस्ती गर्न खोज्दा पक्राउ परेका थिए । तर राजनीतिक पहुँचका आधारमा छुटेका उनले लगातार महिला, युवती तथा वालिका माथि बलात्कार प्रयास गर्ने गरेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *