२०८१ वैशाख ६ गते | 18th of April 2024

परदेशीको मनै रुवाउने गीत बिष्णु माझीको स्वरमा ‘सुतली’

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २५ गते २०:२४

अस्टिन  – युवा सर्जक बिजय चन्द ‘दर्पन’ को मार्मिक लोक दोहोरी गीत ‘सुतली’ सार्वजनिक भएको छ । अमेरिका टेक्सासको अस्टिनमा बस्दै आएका चन्दको मर्मस्पर्शी शब्दमा चर्चित गायिका बिष्णु माझि र राजेश खड्का ‘सानु’ ले स्वर दिएका छन । गायक खड्काकै लयमा बनेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन । चर्चित मोडल सगुन शाही र बाबुकृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन ।

अहिलेका लोकप्रिय सर्जक तथा गायक बसन्त थापाको युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको छ । परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको छ् दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *