२०८१ वैशाख ७ गते | 19th of April 2024

मुलुक दुईतिहाईको दम्भले ग्रसित हुंदा ब्यवसायीहरुले हामीलाई पत्याए : लिलाबल्दभ दाहाल

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २७ गते १६:०२

काठमाण्डौ – ठमेल पर्यटन बिकास परिषदको नेतृत्वमा प्रजातान्त्रीक धारका प्रकाशनरसिंह राणा बिजयी भएका छन । यसका साथै बहुमत प्राप्त कार्यसमिती सदस्य समेत राणा समुहबाटै निर्वाचित भईरहँदा राणाको उमेद्धवारीको औचित्य र उनलाई भोट माग्ने कार्यमा दह्रो समर्थन दिएका लिलाबल्दभ दाहाल(टान पूर्व कोषाध्यक्ष), रामशरण थपलिया(पूर्व अध्यक्ष, टिटिडिसी) को भुमिका महत्वपूर्ण रह्यो ।
राणाले परिषद्को चुनाब जितेसँगै प्रजातान्त्रीक समुहको जित भएको र ठमेलको बिकासले काँचुली फेर्ने उनी पक्षधर व्यावसायीको बिश्वास छ ।
राणालाई समर्थन गर्नुपर्ने कारण र अबको ठमेलको बिकास कसरी अगाडि बढ्छ भनेर राणाका चुनाबी मेन्टर लिलाबल्दभ दाहाल काकासंगको कुराकानी :

१.तपाईले सोचेकै नतिजा आयो कि केही छुट्यो ?
हामीले जे सोचेर व्यावसायी साथीहरुसँग गएका थियौ, राणाको बिजयसँगै त्यो पूरा भएको छ । देशमा दुईतिहाईको कम्युनिष्ट सरकार रहेको अवस्थामा राज्यकै मुटु ठमेल क्षेत्रको निर्वाचनमा प्रजातान्त्रिक धार बिजयी भएको छ, यसमा हामीले हाम्रो जितको अनुभव गर्न पायौ ।

२. राणालाई नै समर्थन किन ?
पहिलो कुरा संघसंस्थाका चुनाबमा राजनीतिक हाबी हुँदै गएको यस अघिको स्थीतिमा त्यो भन्दा बढि चै व्यावसायिक व्यक्तिको खोजी हो । जो ठमेलमा लामो समयदेखी व्यावसायमा सक्रिय छन । हामीले त्यही कुरा व्यावसायीलाई बुझाउने कोशिस गर्यौ, व्यावसायी र स्थानिय घरधनी समेतले हाम्रो पनि र राम्रो पनि व्यक्ति खोज्दै जाँदा राणा नेतृत्वमा ठिक व्यक्ति हुन भन्ने अर्थमा सबैले बुझेपछि समर्थन गर्यौ, अन्ततः सफल पनि भयौ ।

३. राणाको नेतृत्व क्षमतालाई चै कसरी मुल्यांकन गर्नुभाछ ?
भयंकर बोलेर हिड्ने, काम भने नगर्ने यसअघिका नेतृत्वका कुरा गर्नुहुन्छ भने त्यो गुण उनमा नहोला, अघिल्लो कार्यसमितिमा पनि प्रकाशनरसिंह राणा लगायतका साथीहरु बिभिन्न जिम्मेवारीमा रहँदा ढलनिकासको लागि जुन भुमिका खेल्नुभयो, करोडौको ठेक्का छाडेर ठेकेदार भागेपछिका स्थीतिमा पनि ठमेलका आयोजना सम्पन्न गर्न जसरी उहाँ लाग्नुभयो, त्यसले नै उहाँ काम गर्ने मान्छे हो भन्ने हामीले बुझेका छौ । यसका साथै बेलुकी ८ बजेपछि राती २ बजेसम्मको अवधीमा ठमेल आउने पर्यटकहरुको पार्किङ व्यवस्थीत बनाउन नयाँ अवधारणा ल्याउनुभएको छ, यसलाई आम व्यावसायीले अन्य भन्दा फरक रुपमा बुझेकै कारण उहाँ सफल हुनुभयो ।

४. नेतृत्वले गर्नुपर्ने कामलाई सुझाबको रुपमा भन्नुपर्दा ?
उहाँ कम बोल्ने बढि काम गर्ने हुनुहुन्छ । ठिक छ, व्यावसायीको चिन्तालाई सम्बोधन हुने गरी काम हुनेछ भन्ने मेरो बुझाई हो । यसका साथै निकटतम प्रतिद्धन्दीलाई समेत समेटेर अगाडि बढ्न अनुरोध गर्दछु । ठमेलका स्थानिय, व्यावसायी तथा परिषद् सदस्यहरुलाई हार्दिक धन्यबाद भन्न चाहन्छु, आगामी दिनमा सबैले सबैसँग सहकार्य गर्दै अगाडि बढौ, यसैमा हाम्रो जित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *