२०८१ वैशाख १२ गते | 24th of April 2024

चौथो नेपलिज अमेरिकन कन्भेन्सन लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ३ गते ७:४७

लस एन्जलस – चौथो नेपालीज अमेरिकन कन्भेन्सन लस एन्जलसमा हुन गैरहेको छ । आगामी जुलाई ५ – ७ तारिखसम्म लस एन्जलसको ‘लंगविच मेरिअट होटेल’मा सम्पन्न हुन गईरहेको चौथो नेपलीज अमेरिकन कन्भेन्सन तयारीको अन्तिम चरणमा पुगेको छ । हिमालयन हेल्पिङ्ग हेन्डस, लस एन्जलसको सहकार्यमा सम्पन्न हुन गैरहेको एफ वन ग्रुप – लस एन्जलसको यो चौंथो सम्मेलनमा यसपाली चर्चित पुर्व प्रहरी डिआईजी रमेश खरेल, अर्थविद एवम अमेरिकाका लागि पुर नेपाली राजदुत डा. शंकर शर्मा र नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवानेता प्रदिप पौडेलको सहभागीता रहने एफओन ग्रुपका संयोजक विश्व सुवेदीले बताएका छन ।Image result for ramesh kharel

युवा वर्गलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जनाउने संयोजक सुवेदीकानुसार ३ दिनसम्म संचालन हुने सम्मेलनमा प्रथम नेपाल आईडलका चर्चित गायक सागर आले सहित लोक गहेक बसन्त थापा, लक्ष्मी मल्ल र डान्सर रमेश थापा नेपालबाट कार्यक्रममा भाग लिने लस एन्जलस आउने तयारी मा छन् । Image result for dr shankar sharma

एफ वन ग्रुपको बार्षिक कार्यक्रममा युवा प्रोफेसर एवम पर्यटन दूत रामेश्वर भण्डारी कन्भेनर बनेका छन भने चौथो सम्मेलनको सभापतित्व हिमालयन हेल्पिङ्ग हेन्डसका सभापति ब्यवसायी कपिल अधिकारीले गर्नेछन ।Image result for pradip paudel

नेपालबाट आउने पाहुनहरुकोसंगको फोरम लगायत फुटबल, भलिबल, बास्केटबल, क्रिकेट खेलहरु समावेश छ । कार्यक्रमको हरेक साँझ संस्कृतिक कार्यक्रमको साथमा डी जे नाईट पनि आयोजना हुने संयोजक सुवेदीले बताए ।Image may contain: 1 personImage may contain: 1 person, indoor

Image may contain: 2 people, including Bash Bissu, people smiling

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *