२०८१ वैशाख १३ गते | 25th of April 2024

डीसी मेट्रो सप्ताह ऐतिहासिक रुपमा सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ असार १५ गते ३:५६

भर्जिनिया – डीसी मेट्रो सप्ताह – महापुराण ऐतिहासिक रुपमा सम्पन्न भएको छ । महापुराणबाट अहिलेसम्मकै सबैभन्दा ज्यादा दान संकलन भएको आयोजकहरुले बताएका छन् । वाचनप्रविण पंडीत दिनबन्धु पोखरेलको पुराणबाचन सहित सुरु भएको यो सप्ताह भर्जिनियामा बन्न लागेको सामूदायिक भवन निर्माणार्थ गरिएको थियो ।

महापुराणबाट अहिलेसम्मकै २२ लाख डलर भन्दा धेरै रकम संकलन हुने संकल्प भएको छ । महापुराणको दानबाट अब डिसी मेट्रो क्षेत्रमा नेपाली सामुदायिक भवन बन्ने प्राय पक्का भएको छ । १२०० भन्दा धेरै सदस्य रहेको यो अभियानमा ८०० भन्दा धेरै परिवारले दान दिएका छन् ।

भब्य रुपमा समापन भएको यो सप्ताह वाचनप्रविण पन्डित दिनबन्धु पोखरेलका अनुसार अहिलेसम्मकै ठुलो दान संकलन भएको कार्यक्रम पनि बनेको छ । आजको समापन समारोहमा ३ हजार भन्दा धेरै भक्तजनहरुले शनिबार सहभागिता जनाएका थिए ।

लस एन्जलस, न्यूयोर्क, सान्फ्रान्सिस्को, बाल्टिमोर लगायत अमेरिकाका बिभिन्न शहरहरुमा महापुराण लगाएर पन्डित पोखरेलले नेपाली समुदायलाई ठुलो गुन लगाएका छन । महापुराण मार्फत पुर्वीय दर्शनको आधुनिक स-विस्तार व्याख्यानका मार्फत जन्मभुमी नेपाल, युरोप, एशियाका बिभिन्न मुलुक र अमेरिकी नेपाली समाजमा पन्डित पोखरेल चर्चित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *