२०८१ वैशाख ७ गते | 19th of April 2024

मिस फिलिपिन्स युएसए २०१९, मिराकल चन्दको विजयका लागि नेपाली समुदायको मिराकल भोटको अपेक्षा

खुल्लामन्च
 प्रकाशित: २०७६ असार २६ गते २०:४७

लस एन्जलस – अमेरिकाको क्यालिफोर्निया राज्यमा आयोजना हुंदैगरेको मिस फिलिपिन्स युएसए २०१९ प्रतियोगिताको लागि लस एन्जलसमा बसोबास गर्ने नेपालकी छोरी मिराकल चन्द सम्भावित विजेताको रुपमा प्रस्तुत भएकी छिन । खेलाडी तथा समाजिक अभियान्ता कर्ण चन्दकी सुपुत्री मिराकललाई जिताउन उनका पिता कर्ण चन्दले नेपाली समुदाय तथा शुभ-चिन्तकहरुलाई मतदानका लागि बिनम्र अनुरोध गरेका छन ।

विश्व सुन्दरी प्रतियोगितामा सबैभन्दा धेरै उपाधी जित्ने फिलिपिन्स आमाकी सुपुत्री मिराकललाई जिताउन आगामी जुलाई २० सम्म मतदान गर्न सकिने हुनाले हरेक दिन मिराकलका लागि मतदान गर्न सकिने छ । मतदान जुलाई २० मा समाप्त भए लगत्तै मिस फिलिपिन्स युएसए २०१९ को घोषणा जुलाई २१ का दिन हुनेछ ।

भोटिङ्ग प्रतिस्पर्धाको पहिलो चरणमा मिराकल चन्द अग्र स्थान मै रहेकी थिइन् । हाल उनी दोश्रो स्थानमा रहेको मतदानले देखाएको छ । सर्वोत्तम १० सम्म मिराकल चन्द पर्ने सम्भावना रहेको छ । कार्यक्रम क्यालिफोर्नियाको ग्लेनडेलमा स्थित २१६ नर्थ ब्रान्ड बलुभर्डको एलेक्स थेटरमा हुनेछ ।

भोट गर्नाका लागि तलको लिन्कमा क्लिक गर्नुहोला :
कृपया भोट गर्नुहोला !

जुलाई २१ आईतबार साँझ ५:०० बजे नतिजा घोषणा कार्यक्रम हुने भएकाले यस क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली सामुदायले मिराकललाई हौसला प्रदान गराउन र त्यसभन्दा अगाडी उनको सफलताको लागि भोट गरिदिनुहुन पिता चन्दले आग्रह गरेका छन ।

मिराकल चन्द प्रतियोगी नं ६ हुन् । उनलाई मिस तथा मिस योङ्ग फिलिपिन्स युएसए -मिस पपुलारिटीमामा मतदान गर्नु पर्ने छ । यसका बिजयीहरु मात्र फाइनलमा प्रवेश गर्न पाउनेछन ।

अमेरिकामा सफलताको अर्को ईतिहास लेख्दै गरेकी हाम्री छोरी मिराकलको लागि भोट गरौं । सामुदायिक एकता प्रदर्शन गरौं र उनलाई बिजय गरौं । फेसकुकमा बिजय पराजयका ताई न तुईका गन्थनलाई त्यागौं । मिराकलको बिजयका लागि नेपाली समुदायको मिराकल एकता देखाऔं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *