२०८१ वैशाख १४ गते | 26th of April 2024

एमालेले माग्यो बिजयी उम्मेदवारको सम्पत्ति बिबरण

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १८ गते १२:०२

पोखरा, १८ जेठ ।
नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका कमिटिले महानगरमा एमालेको तर्फबाट विजयी भएका उम्मेदवारसँग सम्पत्ति विवरण मागेको छ । जनताको भावना अनुसार काम गरेर चुनावी प्रतिबद्धता पुरा गर्नुपर्ने भन्दै एमालेले सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।
एमाले महानगर कमिटीको बैठक बसेर चुनावमा एमालेका उम्मेदवारलाई बिजयी गराउन सघाउने सबैलाई धन्यबाद दिएको छ । बैठकले भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा जनमतको अपमान गर्नेगरी योजनाबद्ध रुपमा मतपत्र च्यात्ने र मत गणना स्थगित गर्ने कामप्रति भत्र्सना गर्दै मतगणना तत्काल सुचारु गर्न माग गरेको एमाले महानगर कमिटीका सचिव दिलिप न्यौपानेले बताए ।
महानगर कमिटिका संयोजक कृष्ण थापाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय पोलिटव्युरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, मानबहादुर जिसी, केन्द्रीय अनुशासन आयोग सदस्य मित्र कुमारी गुरुङ लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *