२०८१ वैशाख १२ गते | 24th of April 2024

कानुनविद बासु फुलारासंग डालसमा आगामी आईतवार ईमिग्रेशन फोरम

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन १३ गते १७:०१

टेक्सास –  आगामी आईतबार अर्थात् अगष्ट चार तारिखका दिन ड्यालासमा ईमिग्रेशन सम्बन्धी बिषेस छलफल कार्यक्रम हुने भएको छ । दिउंसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन कार्यक्रम यु स्टाट अगेनले आयोजना गरेको कार्यक्रमलाई एनआरएनए टेक्सास च्याप्टरको समेत सहयोग रहेको छ ।

न्यूयोर्कमा रहेका चर्चित नेपाली अधिवक्ता बासु फुलाराले आईसको छापा, टिपीएस, बिद्यार्थी भिसा लगायत पछिल्लो समयमा भएका अमेरिकन अध्यागमन कानुनका सबै बिषयमा जानकारी दिनेछन् । सहभागिहरुलाई प्रत्यक्ष रुपमा कार्यक्रममा सहभागि भएर वा गोप्य रुपमा समेत भेटेर प्रश्न सोध्न पाउने ब्यवस्था राखिएको नेपाली समाजका महासचिव भक्त भण्डारीले जानकारी दिएका छन् । बिभिन्न मिडियाहरुबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा फेशबुक लाईभबाट समेत प्रश्न सोध्न सकिने आयोजक पत्रकार सूर्य थापाले बताए । हामी सदैव समाजको हितमा काम गर्न खोज्नेहरुलाई यस प्रकारका कार्यक्रमले समाजका सदस्यहरुलाई प्रत्यक्ष फाईदा पुग्ने हुंदा सहभागि हुन ड्यालासबासीसंग एनआरएन टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्यालले पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *