२०८१ वैशाख ७ गते | 19th of April 2024

बेदराज बस्नेत एनआरएनए अमेरिकाज क्षेत्रीय उप-संयोजकका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन ३१ गते १:१३

डालस – एनआरएनए आईसिसीको ग्लोबल कन्फेरेन्स नजिकिंदै गर्दा केन्द्रिय कार्यसमितिका लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ । यसै क्रममा निवर्तमान आईसीसी सदस्य बेदराज बस्नेतले अमेरिकाज क्षेत्रका उप-संयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

अमेरिकाको टेक्सास राज्यको डालसका वासिन्दा बस्नेत बिगत लामो समयदेखी एनआरएनए यात्रामा संलग्न छन । कोषाध्यक्ष, आईसिसी सदस्य समेत रहेका बस्नेत जुझारु युवाका रुपमा परिचित छन । ‘विश्वब्यापी एनआरएन सुद्रिढीकरणका लागि समावेशिता र एकता’ भन्ने नारा लिएर अेरिकाज क्षेत्रको उप-संयोजक पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका बस्नेतद्दारा प्रेषित अनुरोध वक्तब्य :

Image may contain: 1 person, standing, suit and text

आदरणिय एनआरएन साथीहरु,
नमस्कार !

सबैभन्दा पहिला त यंहाहरु सबैले एनआरएन अभियानलाई माया गरेर यंहासम्म ल्याउनुभएकोमा अग्रजहरुलाई सम्मान अनि सहयात्री साथीहरुप्रती हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । जन्मभुमी नेपाल र कर्मका लागि संसारभर रहेका नेपालीको हितका लागि स्थापित एनआरएन अभियानमा हामी रहेको देश अमेरिका, क्यानडा र यस क्षेत्रका अन्य देशहरुमा पनि बलियो भएर अगाडि बढिरहनु हामी सबैलाई गौरवको कुरा हो । केहि समय ढिला शुरु भए पनि अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका देशमा एनआरएन अभियानले अब राम्रोसंग आफ्नो अभियानलाई बिस्तार गर्न सफल भएको छ ।

साथीहरु, यंहाहरुलाई अवगत नै छ । म पनि अमेरिकामा एनआरएन अभियान सबैको पंहुचमा पुगेको समय देखि नै तपाईहरुकै साथ र सहयोगले सकृय हुंदै यस संस्थामा काम गर्न पाउने सौभाग्य पाएको ब्यक्ती हुं । मैले शुरुदेखी नै दुई कार्यकाल एनआरएनए अमेरिकाको दुई कार्यकालको कोषाध्यक्ष र एक कार्यकाल यहि क्षेत्रलाई प्रतिनिधीत्व गर्दै आईसीसी सदस्य भएर काम गर्दा सदैव यंहाहरुकै सुझाव र सल्लाह अनुसार अगाडि बढेको सबैमा अवगत नै छ । दुई कार्यकालको कोषाध्यक्ष र आईसीसी सदस्यको जिम्मेवारीमा रंहदा मैले के कस्ता कार्यहरु गर्न सफल रहें भन्ने कुरा त यंहाहरु माझ अवगत नै छ, तैपनि गर्वका साथ के भन्न चाहान्छु भने सदैव संस्थाको हित र यंहाहरुको भावना भन्दा बाहिर नगई कार्य गर्न सफल भएकोमा खुशी छु ।

सानै देखीको समाजसेवाको भावना र एनआरएन अभियानमा लागेपछि यंहाहरुबाट पाएको साथ र हौसलाले मलाई यस कार्यमा अझै धेरै सकृय हुन प्रेरणा प्राप्त भईरहेको छ । एनआरएनको मुख्य मुद्धा नागरिकताको बिषय लगभग निर्णायक अवस्थामा पुगेको भए पनि हामीले हाम्रा एनसीसीहरुका साथै सिंगो अभियानलाई नै अझै उचाईमा लैजाने कार्य सदैव हाम्रा सामु बांकी नै रहेको मलाई लाग्दछ ।

प्रिय एनआरएन साथीहरु,
यंहाहरुको यहि हौसला र साथले मलाई अभियानमा थप सकृय हुन प्रोत्साहन गरेकोले तपाई हामी सबैका साझा मुद्धा बोकेर म यस पटक अमेरिकाज क्षेत्रको उप संयोजक अर्थात् अमेरिका क्षेत्रको डिआरसी पदमा उम्मेदवारी दिन गईरहेको कुरा यंहाहरु समक्ष निवेदन गर्न चाहान्छु । मेरो बिगतको सकृयता र संस्था प्रतिको लगावलाई हेरेर अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका सबै देशका अग्रज अनि तपाई सहयात्रीहरुले साथ दिनुहुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु ।

म डिआरसी पदमा निर्बाचित भए पश्चात के काम गर्नेछु भन्दा पनि यंहाहरुकै मुद्धाहरुलाई बोकेर तपाईहरुकै माझमा सकृय हुनेछु भन्ने कुराको बिश्वसनियता दिलाउन चाहान्छु । एनआरएन अमेकिाज क्षेत्रका एनसीसीहरुलाई थप मजबुत बनाउदै आईसीसीमा यस क्षेत्रको बलियो उपस्थिती राख्ने यस अभियमानमा यंहाहरु सबैको साथ र सहयोगको अपेक्षा सहित ।

हार्दिक धन्यबाद ।

बेद राज बस्नेत
उम्मेदवार, डिआरसी अमेरिका क्षेत्र
टेक्सस अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *