२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए अमेरिका नर्थ क्यारोलाईना च्याप्टरको सपथ ग्रहण एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ३ गते ५:३३

नर्थ क्यारोलिना – गैर आवासिय नेपाली संघ, अमेरिका नर्थ क्यारोलाईना च्याप्टरको आयोजनामा अगस्ट १७,२०१९ का दिन नवनिर्वाचित एवं मनोनित पधाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गैर आवसीय नेपाली संघ नर्थकारोलाईना च्याप्टरका सभापति कुलानन्द शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि एनआरएनए एनसिसिका उपाध्यक्ष कृष्णजीबि पन्थ हुनुहुन्थ्यो ।

उक्त समारोहमा स्थानिय बुध्दिजिवी, सँघ सँस्थाका प्रतिनिधी, सामाजिक अभियन्ता र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती थियो । कार्यक्रमको उद्घाटन र सपथग्रहण लगतै अतिथिको रुपमा आफ्नो मन्तब्य राख्नु हदै NCNC का अध्यक्ष डा. बटु शर्माले स्थानीय स्तरमा कार्यक्रम गर्दा एनआरएनए अमेरिकासँग समन्वय गरि प्रभाबकारी कार्यक्रम गर्दै जाने बताउनु भयो । गैर आवाशिय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष राधा पौडेलले मन्तब्य राख्नु हुदै आफ्नो लामो एनआरएनए यात्राबाट प्राप्त अनुभब च्याप्टरलाई बाड्नु भएको थियो । उहाँले एनआरएनए अमेरिका, नर्थ क्यारोलिना च्याप्टरलाई हरतवरले सहयोग गर्ने वताउनु भयो।त्यस्तै गैर आवाशिय नेपाली संघ अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले एनआरएनए अमेरिकाले नेपाली समुदायमा अझै प्रभाबकारी र परिष्कृत सेवा पुर्याउनु पर्ने कुरामा जोड दिनुभयो । 

एनआरएनका सल्लाहकार डा। हरिहर भट्टराई बिशिष्ट अतिथीको रुपबाट बोल्दै नेपाली भाषा मार्फत नेपालीलाई जोड्दै भाषाको जगेर्नामा एनआरएन लाग्नु पर्ने बताउनु भयो । प्रमुख अतिथीको रुपमा बोल्दै उपाध्यक्ष पन्थले हिजोका कमजोरी बाट सिक्दै सबल एनआरएन बनाउन सवैलाई आग्रह गर्नु भएको थियो। साथै वहाँले आफ्नो सम्पूर्ण ध्यान च्याप्टरलाई स-शक्तिकरण बनाउन खर्चिने वताउनु भयो । त्यसैगरी सो च्याप्टरका पुर्व अध्यक्षहरु रेबतिराज अधिकारी, बावुराम पोख्रेलले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने सबै बक्ताहरुले च्याप्टरलाई शुभकामनाका साथै साथ र सहयोग रहने वताउदै उत्साह प्रदान गर्नुभयो । कार्यक्रमको अन्तमा समापन मन्तब्य राख्दै सभापति शर्माले पूरानो कमिटीले गरेका कामलाई निरन्तरता दिने र नया प्रभाबकारी काममा हातेमालो गर्न सबैलाई आव्हान गर्नुको साथै हरेक सामाजिक कार्यकर्ताले हरेक बिषयलाई सकारात्मक व्यवहार गर्न जरुरी रहेको बताउनू भयो । दुई चरणमा बाडिएको उक्त समारोहको पहिलो चरण एन सि चेप्टरका निवत॔मान सभापति बि पि पोखरेलले संचालन गनु॔ भएको थियो भने दोस्रो चरणको काय॔क्रम एनसि च्याप्टरका वत॔मान सचिब बाशुदेव भट्टले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *