२०८१ वैशाख ११ गते | 23rd of April 2024

आरसी गौरीराज जोशी, आईसीसी सचिव पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ६ गते १७:१६

डालस – आगामी अक्टोबर महिनामा आयोजना हुने एनआरएनए आईसिसीको ग्लोबल भेलाले निर्वाचित गर्ने नयाँ कार्यसमितिका लागि एनआरएनए अमेरिकाज क्षेत्रका आरसी गौरीराज जोशीले सचिव पदमा आफ्नो उम्मेद्वारी दिने भएका छन ।

एनआरएनए अमेरिकाको नव-निर्वाचित कार्यसमितिको यो कार्यकालभन्दा अगाडी एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका जोशीले आफ्नो उम्मेद्वारीसंगै उत्साह र समर्थनको एउटा तरंग नै पैदा गराएका थिए । बढी मत भएका राज्यहरुमा जोशीको समर्थनमा अनौठो लहर संचार भएको थियो ।

तर एनआरएनए आईसीसीको तत्कालिक ग्लोबल कन्फेरेन्समा जोशी अमेरिकाज क्षेत्रको संयोजकको रुपमा निर्वाचित भए । एनआरएनए अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनमा उठेका विवाद मिलन गर्न विशेष भूमिका खेलेका जोशी अब आगामी ग्लोबल कन्फेरेन्समा आफु सचिव पदमा चुनाव लड्ने बताउंछन । 

बिगत दुई दशकदेखी अमेरिकामा बसोबास गर्दै आएका लम्जुङ्गमा जन्मिएका जोशी पेशाले प्रविधी ईन्जिनियर हुन । आफ्नै ब्यवसायमा सैंयौं नेपालीहरुलाई रोजगार र अवसर दिलाएका जोशी मनकारी सामाजिक अभियान्ता मानिन्छन । संगत गरेकाहरुलाई धोका होईन सेवा दिने स्वभावका जोशीले अमेरिकाज क्षेत्रीय संयोजक भएपश्चातको यो दुई बर्षमा केन्द्रसंग पनि राम्रो सम्बन्ध बनाउन सफल भएका छन ।

अमेरिकाबाट ग्लोबल सम्मेलनका लागि नेपाल जाने प्रतिनिधीहरुकै अविश्वास, असहयोग र अन्तर्घातले ठुलो एनसिसी भएर पनि आफ्नो हातमा नतिजा ल्याउन असफल एनआरएनए अमेरिकाले संसारभरका नेपालीहरुमा परिचित नाम गौरीराज जोशीको उम्मेदवारीले यसपाली अमेरिकाले आफ्नो पक्षमा नतिजा ल्याउने आश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *