२०८१ वैशाख १४ गते | 26th of April 2024

रवी लामिछाने प्रकरणबारे नेजाको ध्यानाकर्षण

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ६ गते १७:३२

अमेरिका – माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्‍युको घटनालाई आधार मानेर सरकारद्दारा पक्राउ परेका चर्चित टेलिभिजन प्रस्तोता उर्जावान पत्रकार रवी लामिछाने र उनका सहकर्मी पत्रकार युवराज कंडेलको पक्राउप्रती नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो ध्यानाकर्षण जनाएको छ ।

पुडासैनी मृत्‍यु घटनाको सत्य तथ्यपूर्ण छानबिन र दोषीमाथी कडा कारवाहीका लागि नेजाले सरकारलाई आग्रह गरेको छ । नेजाका महासचिव किरण मरहट्ठाद्दारा प्रेषित वक्तव्य :

नेपाल नुवाकोट घर भई पछिल्लो समय माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा चितवनको एक होटलमा शव भेटिएको घटना र त्यसपछि उत्पन्न विषषमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ध्यानाकर्षण भएको छ । सो घटनाको यथाशक्य छिटो छानविन गरी वास्तविकता बाहिर ल्याउन नेजा सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को वक्तव्य

मृतक पत्रकार पुडासैनीप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । सोही घटनासँग जोडेर न्यूज २४ टेलिभिजनमा कार्यरत, ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने सहित कार्यक्रम निर्माण टिमका सदस्य युवराज कँडेललाई नेपाल प्रहरीले पक्राउ गरि अनुसन्धान र छानविनका क्रममा हिरासतमा राखिएको छ । लामिछाने र कंडेललाई पक्राउ गर्दा प्रहरी प्रशासनले प्रेस स्वतन्त्रता र न्याय संगत प्रकृयाको समेत उल्लंघन गरेको हाम्रो ठम्याई छ ।

यस सन्दर्भमा नेपाल पत्रकार महासंघको धारणा र भूमिकाप्रति नेजा एक्यवद्धता जनाउँदछ । ‘बरू दोषीहरू उम्किउन्, तर निर्दोषहरू नफँसुन्’ भन्ने कानुनको मान्यता बमोजिम यो घटनाको चाँडोभन्दा चाँडो सत्यतथ्य पत्ता लगाएर निष्कर्शमा पुर्याउनका लागि समेत अपिल गर्दछ । लोकतन्त्रको बलियो पक्ष नैं निर्भिक र स्वतन्त्र प्रेस भएकाले यस तर्फ सम्बन्धित पक्षवाट ख्याल हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ । अन्तमा प्रहरी प्रशासनलाई घटनाको अनुसन्धान बिना पुर्वाग्रह निश्कर्षमा पु–याउन अपिल गर्दछौँ ।

किरण मरहठ्ठा
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
अगस्ट २३, २०१९, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *