२०८१ वैशाख १२ गते | 24th of April 2024

क्यालिफोर्नियामा नेपाल भ्रमण वर्ष २०२० लक्षित ‘हामी नेपाली परेड’ हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ७ गते २३:३०

लस एन्जलस – नेपाल भ्रमण २०२० लाई लक्षित गरेर नाभेम्बर २३ तारिखमा क्यालिफोर्नियामा हामी नेपाली परेडको आयोजना हुने भएको छ । क्यालिफोर्निया राज्यको सान्फ्रान्सिको शहरमा आयोजना हुने कार्यक्रममा पञ्चे बाजा, लाखे नाच र झाँक्री नाच लगायत जन्मभुमी नेपालका विभिन्न जातजातीहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशन हूने हामी नेपाली परेडका सचिव रोशन अधिकारीले खुल्लामन्चलाई जनाए ।

हामी नेपाली परेडलाई सभ्य र भब्य बनाउनका लागी सानफ्रान्सिस्कोस्थित नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठलाई हामी नेपाली परेडको अध्यक्षका रुपमा चयन गरिएको छ । त्यस्तै क्यालिफोर्नियाका विभिन्न संघ संस्थामा आवद्ध समाजसेवी प्रकाश लामालाई कार्यक्रमका संयोजकका रुपमा चयन गरिएको छ । साथै सदस्य सचिवमा संचारकर्मी अमृत कुँवरलाई चयन गरिएको छ । कायक्रमको मिडिया संयोजकका रुपमा केश बहादुर कार्की रहनेछन् । एनआरएनए च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ललाई अतिथी सत्कार र नेपाली भाषामा ड्राइभर लाईसेन्सको पहलको लागी संयोजक चयन गरिएको छ ।

साथै सांस्कृति संयोजकका रुपमा विकल्प फाउण्डेसनका संस्थापक अध्यक्ष निर्मल फुयाँल रहनेछन् । यो कार्यक्रमलाई सफल बनाउनका लागी विभिन्न स्समितीहरु चाँडै नै चयन गरिने कार्यक्रम संयोजक लामाले जानकारी दिए । क्यालिफोर्नियामा भएका सम्पूर्ण संघ संस्थाहरुलाई यस कार्यक्रममा सहआयोजकका रुपमा आवद्ध गर्दै सामाजिक अभियान्ता तथा सामुदायिक सदस्यहरुलाई समेटेर विशुद्ध रुपमा नेपााल भ्रमण २०२० लाई लक्षित गरेर आयोजना गरिने अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए । कार्यक्रम सम्पन्न भए लगत्तै हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन गरिने संस्थाका ग्लोबल उपाध्यक्ष टेक वाइवा लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *