२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा ‘हिमालयन एक्स्पो २०२०’ को आयोजना हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ८ गते १:०८

लस एन्जलस – आगामी अप्रिलमा नेपालमा प्रथम अन्तरराष्ट्रिय हिमालयन एक्स्पो आयोजना हुन लागेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर नेपाली हस्तकला र नेपाली उत्पादनहरु प्रबर्धन गर्ने हेतुले संसारभरका ब्यापारी तथा ब्यापारिक प्रतिष्ठानहरु, नेपाली ब्यापारी तथा नेपाली ब्यापारिक संघ-संस्थाहरुको सहभागीतामा नेपालीद्दारा ब्यक्तिगत रुपमा आयोजना गरिएको प्रथम ऐतिहासिक हिमालयन एक्स्पो – २०२० आगामी अप्रिल २१ तारिखदेखी २३ तारिख सम्म आयोजना हुनेछ ।

काठमान्डौंको भ्रिकुटीमन्डस्थित अन्तरराष्ट्रिय ब्यापारिक प्रदर्शन केन्द्रमा आयोजना गरिने हिमालयन एक्स्पोमा संसारभरका व्यावसायिक सदस्य तथा संस्थाहरुको उपस्थिती पक्का भईसकेको जनाउनुहुन्छ, हिमालयन एक्स्पोका प्रवन्ध निर्देशक तथा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हिमालयन ग्रुपका अध्यक्ष कपिल अधिकारी । ‘ ‘संसारका बिभिन्न देशहरुमा आयोजित ब्यावसायिक प्रदर्शनीहरुको लगातार सहभागीता, अमेरिकाका शहरहरुमा विगत २० बर्षदेखिको सहभागीताको अनुभव र १५ बर्षको उमेरदेखीको ठमेल अनुभवले आफ्नै जन्मभुमीमा भ्रमण बर्षको सुखद अवसरमा ‘एउटा सपना’ स्वरुप यो अन्तरराष्ट्रिय ब्यापारिक प्रदर्शन’ आयोजना गरिएको हो’, हिमालयन ग्रुपका अध्यक्ष अधिकारी बताउंछन । ‘आँफैले नगरे केही हुंदैन, कसैका अनुहार हेरेर कुनै पनि सपना साकार हुंदैन । जन्मभुमीको सेवा भाषणले होईन, सेवाले गरिनुपर्छ’ लस एन्जलसमा सामाजिक सेवामा तल्लिन हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका अधिकारी बताउंछन । ‘त्यसैले नेपाल सरकारको ड्रिम प्रोजेक्ट नेपाल भ्रमण बर्ष २०२० लाई समेत टेवा पुगोस भन्ने हेतुले प्रथम हिमालयन एक्स्पो – २०२० को आयोजना गरिएको हो,’ अध्यक्ष अधिकारी बताउंछन ।

भ्रमण बर्ष – २०२०, नेपालमा पसिना बगाएर हातले बनेका हस्तकलाका सामानहरुको प्रदर्शन तथा प्रबर्धनका लागि यो ऐतिहासिक ब्यवसायिक प्रदर्शनीको आयोजना गर्न लागेको अधिकारील बताए । नेपाली हस्तकला, थान्का, मुर्ती, कपडा, गहना लगायतका संसारमा नेपालमा मात्र पाईने कला र संस्कृतिका बस्तुहरुको प्रबर्धन हिमालयन एक्स्पोको प्रमुख लक्ष्य रहेको अधिकारीले बताए । प्रदर्शनी आयोजना मात्र ठुलो कुरो नभएको तथा कार्यक्रममा सहभागीताको सवाल प्रमुख हुने कुरालाई प्राथमिकता दिंदै नेपाललाई माया गर्ने, नेपाली हस्तकलाका सामानहरु मन पराउने र भ्रमण बर्ष २०२० मा सहभागीता जनाउंदै सगरमाथा र बुद्धको भुमीलाई माया गर्ने करिव ५५ सहभागीहरुको कन्फर्म भईसकेको अधिकारीले बताए ।

हिमालयन ग्रुपको अलावा अधिकारी ब्रदर्श, एलएलसी मार्फत उत्तम अधिकारी (उद्धव) र शरण अधिकारीले प्रदर्शनीको संयोजन गर्नेछन ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *