२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएनए अमेरिकाबाट ग्लोबल कन्फेरेन्सका लागी प्रतिनिधी हुन ४०४ जनाको दरखास्त : नामावली सहित

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ८ गते २:४१

लस एन्जलस – अबका एक महिना अमेरिकामा रहेका नेपालीहरुमा चाहेर वा नचाहेर एउटा समाचार बारम्बार हेरिनेछ कि को को जाने भए, एनआरएनए ग्लोबल कन्फेरेन्समा भाग लिन ? कांग्रेसका परे वा कम्युनिष्टका ! गौरीका परे वा डा. केशवका । सुनीलका परे वा संजयका । सुर्यका परे वा चन्द्रका भन्ने बिषयले आगामी दिनमा चर्चा पाउनेछ ।

गैर आवसीय नेपाली संघ, अमेरिकाले नेपालमा आयोजना हुन लागेको समेलनमा सहभागी हुनका लागि ईच्छुक ४०४ जनाको नाम आज एनआरएन ए, अमेरिकाले प्रकाशित गरेको छ । टिका लगाउन वा अमेरिकाका उम्मेद्वारहरुलाई भोटको टिका लगाइदिनका लागि ४०४ जनाले ‘ म पनि नेपाल जाने हो’ भनेर फर्म भरेका सुची एनआरएनए, अमेरिकाले प्रकाशित गरेको छ । तर भनेको छ, फर्म भर्नुभएका महानुभावहरु तर प्राबिधिक रुपमा या कुनै कारणवश छुट्नुभएका महोदयहरुका लागि अगष्ट २६, २०१९, ११:५९ प्यासिफिक समय सम्ममा ईमेल गर्न अनुरोध गरिएको छ ।

एनआरएनए अमेरिकाले आज जारी गरेको वक्तव्यकानुसार प्रतिनिधी भएर नेपाल जानका लागि अनुरोध फर्म पठाईएको तर आफ्नो नाम छुटेकाहरुले
आफ्नो नाम, सदस्यता नम्बर, ठेगाना, फोन नम्बर, इमेल र फर्म भर्दा पाएको कन्फरमेशन इमेलको कपि समेत [email protected] मा इमेल गर्नुपर्ने जनाएको छ । त्यसको प्रतिलिपी प्रतिनिधी छनौट समितिका संयोजक तथा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे र महासचिव पशुपती पाण्डेलाई निम्नलिखित ईमेलमा पठाउनुपर्ने जनाईएको छ ।
वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे – [email protected]
महासचिव पशुपती पाण्डे – [email protected]

अगष्ट २७, २०१९ पछि नवौं ग्लोबल सम्मेलनमा जान निवेदन दरखास्त हालेका डेलिगेट्सको अन्तिम सुची बनाउन एनआरएनए अमेरिकाले आफ्नो प्रक्रिया शुरु गर्ने कुरा सुचनामा जनाइएको छ ।

प्रतिनिधी भएर नेपाल जान फाराम भरेका एनआरएनए अमेरिकाका सदस्यहरुको नमावली :

नाम हेर्न यहाँ लिंक क्लिक गर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *