२०८१ वैशाख १४ गते | 26th of April 2024

शत्रु हमेशा शत्रु हुँदैन – विरोधीले नै सबैभन्दा धेरै उचाई दिेए रवीलाई

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ १० गते १६:०७

-मणी भट्टराई

कहाँबाट कहाँ पुगे, रवि लामिछाने । यो सब उनका समर्थकको भन्दा पनि सत्रुकै देन हो । यसर्थ सत्रुलाई हमेशा सत्रु नठानौं । सुनेको थिएँ – ‘राहुले हमेशा नराम्रो मात्र गर्दैन, कसैले राहु लागेकै बेला भयंकर प्रगति गर्छ । राहु लागे भन्दैमा डराई हाल्नु पर्दैन ।’ देखियो त्यस्तै ।

कामना एउटै रह्यो – रविले यसलाई टिकाइ राखुन् । मतलब ऊनले आफू गल्ती नगरून् । बाँकी – ऊनी विरूद्द गरिएको षड्यन्त्र विरूद्द लड्न जनता खडा खडा छन् । ऊनी – ऊनी भनेको जनताको चाहना हुन्, जनता ऊनलाई चाहन्छन् । मतलब सरकारले बुझोस् कि सरकारले नदेखेका तर रविले उठाएका मुद्दाहरू देशमा खिल पल्टेर बसेका छन् । सरकारले रविले के गरिरहेका छन्, त्यो गरोस् र जनतालाई सरकारमुखी बनाओस्, सरकार विरोधी होइन ।रवि पनि त्यहीं चाहन्छन् सायद । हिरो हुनु ऊनको चाहना हो जस्तो मलाई चाहीं लाग्दैन ।
रवि जिन्दाबाद भनेको एउटा लामिछाने केटोको जिन्दाबाद हुँदै होइन । त्यस्ता लामिछाने भाइहरू गाऊँभरी छन् । सहरभरी छन् । यो आवाजलाई सरकारले समातोस् तर जेलमा हाल्न होइन, त्यसलाई आत्मसाथ गर्न । यति हिम्मत त सरकारमा हुनुपर्छ नै । नत्र बुझ्नुपर्ने कुरा के छ भने – चियावाल, रिक्सावाल, दाउरे पनि सत्तामा पुगेका इतिहास यो मानव विश्वमा छन् नै । समयले कस्लाई स्टाइगर बनाऊँछ, त्यो स्टाइगर हुनेलाई समेत पत्तो हुँदैन । यो यथार्थ भुल्न हुँदैन ।

राज्यको चौथो अंगमा पकड जमाएर बसेकाले नस्वीकारेका रवि हेर्दा हेर्दै कुनै दिन राज्यको पहिलो अंग नहोलान् भन्न सकिन्न। अरूको इर्स्याले जल्ने होइन, आफूलाई अपडेट गर्ने हो । जनताका आवस्यकतामा नचलेका माफियाहरूको ग़ुलाम बन्दै आएका खिया परेका कलमहरूले बुझ्न के जरूरी छ भने जनताहरू डिजिटल चेतमा गइसकेका छन् । कहाँ कतिखेर के क्लिक भएको छ र तिनीहरूले लठैत ठानेको बर्ग कति चेतना सहित धप् धप् बलेको छ भन्ने कुरा तिनीहरूले अनुमान गर्न नसक्ने गतिमा अघि बढिरहेको छ ।

Image may contain: 3 people, crowd and outdoor

फेरि पनि – अपडेट हुन नसक्नु भनेको एक्सपायर हुँदै जानु हो ।
तर भाइरसले भाइरसकै तहमा र एन्टि भाइरसले एन्टि भाइरसकै तहमा आफूलाई अपडेट गर्नुलाई भने अस्तित्व र प्रतिरक्षालागि भएको युद्दको रूपमा बुझ्न सकिन्छ । यो राम्रो नराम्रो, ठीक वेठीक भन्दा पनि एक खेल हुन जान्छ ।

रवि लामिछानेलाई शुभकामना ! यसको अर्थ : उनले उठाऊँदै आएको आवाजविहीनहरूको आवाज अझ बुलन्द होस् । अपराधीहरूका कान फाटुन्जेल बोल्न सकुन् रवि । सीमान्तकृतहरूका आवाजहरू केन्द्रसम्म सुनिऊन् । अन्याय, अत्यतार, भ्रष्टचार, वेथितिका विरूद्द ऊनी निरन्तर प्रतिपक्षमा उभिन सफल हुन् । कसैलाई रवि चाहिएको छ छैन त्यो व्यक्तिगत कुरा होला, तर देशलाई रवि जरूर चाहिएको छ । मलाई लाग्छ – सरकारको बोली जस्तै सपना पनि हो भने ऊनी सरकारको लागि सबैभन्दा कामलाग्ने पात्र हुनसक्छन् । किनकी जनयुद्दबाट भन्दा पनि बढी त चम्चेहरूकै कारण पतन भएको थियो राजतन्त्र – यो त सरकारलाई हमेशा थाहा हुनुपर्छ ।

सरकार पनि सही र सत्यकै बाटोमा हिंडोस् । जनताहरू पनि सत्यकै बाटोमा हिंडून् । सत्य कहिल्यै नडग्मगाओस् । सत्य जेल, नेल र यातनाका बीच पनि खडाखडा हिंडोस् । मर्दा पनि सत्य भागेर नमरोस् । आफै आत्महत्या गरेर झुन्डेर नमरोस् । मर्नै परे पनि सत्य डटेर मरोस् ।
सत्यको जहिल्यै जित होस् । र हुन्छ नै । हुनुपर्छ नै ।
रविकै शब्दमा : सत्यको जहिल्यै जीत हुन्छ । हुन्छ नै । यदि त्यसो भएन भने त्यो सत्य होइन ।Image may contain: 20 people, people smiling, crowd, sky and outdoor

अन्तमा: रविले याद गर्नु पर्ने एउटा कुरा – सत्य जस्तै हो चेतना पनि । जब चेतनाले धोका खान्छ – यी जिन्दाबादका नारा छिनमै मूर्दाबाद हुन सक्छन् । तिम्रा सत्रुहरू त्यसैको प्रतिक्षामा होलान् । ख्याल गर्नु । भोलिको कुरा तिम्रो भोलि मै मूल्याँकन हुनेछन् । तर आजका तिम्रा सत्रु भनेका देशका पनि सत्रु हुन् । त्यो तिम्रो कार्य र तिमीप्रतिको लखेटाईले प्रमाणित गरेको कुरा हो । चिन्ता तिम्रो भएर ख्याल गर्नु भनेको होइन । चिन्ता देशको भएर हो । तिमी हामी त फगत समयको कालखन्डमा जन्मिएका पात्र न हौ । नत्र यसै रविलामिछाने भन्ने व्यक्तिलाई कस्ले किन ख्याल गर्नु भन्छ ? को आऊँछ तातो घाममा उसको जिन्दाबादको नारा लिएर ? कस्ले थाप्छ उसको लागि पुलिसको डन्डा टाउकोमा ? को उभिन्छ आन्दोलनको अग्रपंक्तिमा मृत्युसँग आँखा जुधाएर ? को रून्छ तिम्रो दुखमा आफ्नै छोरो थुनिएझैं गरेर ? आफ्नै दाजु पक्रिए झैं गरेर ? याद गर्नु । तिमीले यी सब अमूल्य कुराहरूको एक-एक ख्याल गर्नु ।

जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *