२०८१ वैशाख ८ गते | 20th of April 2024

नेजा डिसी क्षेत्रीय उपाध्यक्ष ओझालाई पितृशोक

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ १९ गते २:४४

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघकी क्षेत्रीय उपाध्यक्ष लीला ओझालाई पितृ शोक परेको छ । उहांकी पिता नारायण प्रसाद ओझाको ७७ वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत १९९९ मा जन्मिनुभएका ओझाको गत २२ अगस्त २०१९ मा निधन भएको थियो । उहा नेपाल धरान उपमहानगरपालिका १५, सुनसरीमा बस्दैं आउनुभएको थियो ।

स्वर्गिय पिता ओझाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै नेजाले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गरेको छ । नेपाल अमेरिका पत्रकार संघ(नेजा)द्दारा प्रेषित वक्तब्य :

यस नेपाल अमेरिका पत्रकार संघ (नेजा) को डि.सी. मेट्रो क्षेत्रकी क्षेत्रीय संयोजक लिला देवी ओझा लाई पितृ शोक परेको छ ।  क्षेत्रीय संयोजक ओझाका पिता नारायण प्रसाद ओझाको ७७ वर्षको उमेरमा निधन भएको हो । विक्रम सम्वत १९९९ मा जन्मिनुभएका ओझाको गत २२ अगस्त २०१९ मा निधन भएको थियो । उहा नेपाल धरान उपमहानगरपालिका १५, सुनसरीमा बस्दैं आउनुभएको थियो ।  स्वर्गिय ओझाका २ छोरा, २ छोरी र श्रीमती रहेका छन् । क्षेत्रीय संयोजक लिला देवी ओझाका पिताको निधन प्रति नेजा गहिरो दु:ख व्यक्त गर्दछ ।

स्वर्गिय ओझाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

विकास राज न्यौपाने
कार्यवाहक अध्यक्ष

किरण मरहठ्ठा
महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)
२ सेप्टेम्वर, २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *