२०८१ वैशाख १२ गते | 24th of April 2024

सधैं हार्यौं हामी ! म वा ऊ जित्न होईन, एनआरएनए अमेरिकाको ईज्जत बचाउन समावेशी प्रतिनिधित्व होस् भन्ने चाहना हो – आरसी जोशी

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २१ गते १६:२८

लस एन्जलस – अबको एक महिनामा न्वारानको बल निकालेर संसारभर रहेका नेपालीहरुको पाईला प्रस्थानी स्वदेशागमन त्रिभुवन विमानास्थलमा हुनेछ । आफ्ना पोका पुन्तुरा कसेर नेपालभूमी टेक्ने नब्बे प्रतिशत गैर आवसीय नेपालीहरु तिनले प्रतिनिधित्व गर्ने एनआरएनए एनसिसीको बल, राजनिती, समर्थन, दाउपेच र सहयोग गरेकाहरु हुनेछन ।

दुनियाँंमा जे होस्, संसारको सबैभन्दा वैभव कानुनी राज्य अमेरिकाको प्रतिनिधित्व के हुनेछ भन्ने बिषय पनि आफ्नो ठाउंमा ठुलो छ । एकजमानाको सबैभन्दा ठुलो एनसिसी भएर अहिले दोस्रो वा तेस्रो भएको अनि एनआरएनए ग्लोबलमा आफ्नो इज्जतिलो प्रतिनिधित्व गर्न नसकेको एनआरएनए अमेरिकाबाट भोट हाल्न नेपाल जाने प्रतिनिधीहरुको नाम अबका केही घण्टाहरुमा प्रकाशित हुनेछ भन्दा भन्दै ७९ जनाको नाम अस्ति प्रकाशित गरेको छ ।

करिव ५०० गैर आवसीय अमेरिकी नेपालीहरु ‘एनआरएनए प्रतिनिधी भएर नेपाल जान हालिएको दरखास्त’ मा छानिने १६८ जनामा को-को पर्नेछन भन्दा भन्दै ७९ जनाको नाम प्रकाशित गरिएको छ । अस्ति प्रकाशित सुचीमा समावेश भएकाहरुले त्यस मितिदेखी तीन दिनभित्र दरखास्त दस्तुर नतिरे स्वत: नाम हट्ने ब्यवस्था रहेको जनाईएको छ ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेको संयोजकत्वमा बनेको ‘प्रतिनिधी छनौट समिती’ले अबका केही घण्टामा दोस्रो तथा सम्भवत: अन्तिम नामावली प्रकाशित गर्नेछ । करिब ५०० जनाको आवेदनमा सबै जना अमेरिकाबाट प्रतिनिधी भएर ग्लोबल कन्फेरेन्सको लागि नेपाल जान योग्य र तयार रहेपनि १६८ जना मात्र पुर्याउनु पर्ने बाध्यता त छदैंछ ।

अमेरिकाबाट नेपाल जाने वा एआरएनए अमेरिकाका प्रतिनिधी जिताउन भूमिका खेल्ने सम्भावित प्रतिनिधीहरुको छनौट प्रकृयाबारे खुल्लामन्चको जिज्ञासामा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक एवम आईसीसीको आगामी चुनावका लागि सचिव पदका उम्मेदवार गौरीराज जोशीले  ‘शुन्य बिगतलाई पूर्ण बनाउन समावेशी डेलिगेशन प्रतिनिधी हुनैपर्ने’ जिकिर गरेका छन ।

प्रतिनिधी भएर नेपाल जाने एनआरएनए अमेरिकाका प्रतिनिधीहरुको पहिलो चरणको नामावालीका बारेमा सोधिएको सवालमा आरसी जोशीले छुटेकाहरुका आगामी लिस्टमा समावेश गरिनुपर्ने बताए । ‘सबैलाई समेट्न गार्हो छ, तर एनआरएनए अमेरिका भनेर यसमा रातोदिन लागेकाहरुलाई तिरस्कार गरिनु पाप हुनेछ’, आरसी जोशीले बताए । प्रतिनिधी छनौट प्रकृयामा क्षेत्रीय संयोजकको भुमुकाको बारेमा सोधिएको प्रश्नमा जोशीले ‘प्रतिनिधी छनौट प्रकृया पूर्ण रुपमा छनौट समिती वा एनसिसी कार्यसमितिको भएपनि हाम्रो क्षेत्रबाट राजनीति र कृपा भन्दा एनआरएनए अभियानमा इमानले लागेकाहरुको पहिचान होस् र कति ईमान्दार एनआरएनए अभियान्ताहरु प्रतिनिधी बन्दैछन भन्ने हाम्रो भावना समेटिनुपर्छ भन्ने’ अधिकार चाहीं रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *