२०८१ वैशाख ८ गते | 20th of April 2024

अप्रिल २१ देखी २३ सम्म ‘हिमालयन एक्स्पो – २०२०’ काठमान्डौंमा

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २० गते २०:१३

लस एन्जलस – आगामी अप्रिल २१ तारिख देखी २३ तारिखसम्म नेपालमा प्रथम ‘अन्तरराष्ट्रिय हिमालयन एक्स्पो – २०२०’ आयोजना हुने भएको छ । बहुप्रतिक्षित नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर नेपाली हस्तकला र नेपाली उत्पादनहरु प्रबर्धन गर्ने हेतुले संसारभरका ब्यापारी तथा ब्यापारिक प्रतिष्ठानहरु, नेपाली ब्यापारी तथा नेपाली ब्यापारिक संघ-संस्थाहरुको सहभागीतामा नेपालीद्दारा ब्यक्तिगत रुपमा आयोजना हुने प्रथम हिमालयन एक्स्पो – २०२० काठमान्डौंको भ्रिकुटीमन्डपस्थित प्रदर्शनी केन्द्रमा हुने पक्का भएको छ Image may contain: 6 people, including Ram Adhikari and Kapil Adhikari, people smiling, people sitting, table and indoor

हिमालयन एक्स्पो – २०२० मा संसारभरका व्यावसायिक सदस्य तथा संस्थाहरुको उपस्थिती पक्का भईसकेको जनाउनुहुन्छ, हिमालयन एक्स्पोका प्रवन्ध निर्देशक तथा अमेरिकाको क्यालिफोर्निया राज्यस्थित हिमालयन ग्रुपका अध्यक्ष कपिल अधिकारी । ‘ ‘संसारका बिभिन्न देशहरुमा आयोजित ब्यावसायिक प्रदर्शनीहरुको लगातार सहभागीता, अमेरिकाका शहरहरुमा विगत २० बर्षदेखिको सहभागीताको अनुभव र १५ बर्षको उमेरदेखीको ठमेल अनुभवले आफ्नै जन्मभुमीमा भ्रमण बर्षको सुखद अवसरमा ‘एउटा सपना’ स्वरुप यो अन्तरराष्ट्रिय ब्यापारिक प्रदर्शन’ आयोजना गरिएको हो’, हिमालयन ग्रुपका अध्यक्ष अधिकारी बताउंछन । ‘आँफैले नगरे केही हुंदैन, कसैका अनुहार हेरेर कुनै पनि सपना साकार हुंदैन । जन्मभुमीको सेवा भाषणले होईन, सेवा र लगावले गरिनुपर्छ’ लस एन्जलसमा सामाजिक सेवामा तल्लिन हिमालयन फाउन्डेशनका संस्थापक अध्यक्ष समेत रहेका अधिकारी बताउंछन । ‘त्यसैले नेपाल सरकारको ड्रिम प्रोजेक्ट नेपाल भ्रमण बर्ष २०२० लाई समेत टेवा पुगोस भन्ने हेतुले प्रथम हिमालयन एक्स्पो – २०२० को आयोजना गरिएको हो,’ अध्यक्ष अधिकारी बताउंछन ।Image may contain: 6 people, including Ram Adhikari and Kapil Adhikari, people smiling, people standing, suit and indoor

जनमभुमीको मुख्य आयस्रोत पर्यटन र स्वदेशमा बिदेशी पर्यटक भित्र्याएर सगरमाथाको देश र शान्तिका दुत गौतम बुद्धको पवित्र भुमी, कला, संस्क्रिती र आथित्यता चिनाउन सरकारद्दारा बहुप्रचारित ड्रिम प्रोजेक्ट ‘भ्रमण बर्ष – २०२०’ लाई समेत टेवा पुगोस भन्ने हेतुले हिमालयन एक्स्पोको आयोजना गरिएको बताउंछन, एक्स्पोका संयोजक एवम अधिकारी ब्रदर्शका सिईओ उत्तम  अधिकारी । 

भ्रमण बर्ष – २०२०, नेपालमा पसिना बगाएर हातले बनेका हस्तकलाका सामानहरुको प्रदर्शन तथा प्रबर्धनका लागि यो ऐतिहासिक ब्यवसायिक प्रदर्शनीको आयोजना गर्न लागेको अधिकारील बताए । नेपाली हस्तकला, थान्का, मुर्ती, कपडा, गहना लगायतका संसारमा नेपालमा मात्र पाईने कला र संस्कृतिका बस्तुहरुको प्रबर्धन हिमालयन एक्स्पोको प्रमुख लक्ष्य रहेको अधिकारीले बताए । प्रदर्शनी आयोजना मात्र ठुलो कुरो नभएको तथा कार्यक्रममा सहभागीताको सवाल प्रमुख हुने कुरालाई प्राथमिकता दिंदै नेपाललाई माया गर्ने, नेपाली हस्तकलाका सामानहरु मन पराउने र भ्रमण बर्ष २०२० मा सहभागीता जनाउंदै सगरमाथा र बुद्धको भुमीलाई माया गर्ने करिव ७० सहभागीहरुको कन्फर्म भईसकेको अधिकारीले बताए ।

अधिकारीद्दारा नेपालका बिभिन्न ब्यापारिक प्रतिनिधीहरुसंग भेट :

नेपाल सरकार, वाणिज्य मन्त्रालय, पर्यटन मन्त्रालय, वाणिज्य संघ-संस्थाहरुलाई हिमालयन एक्स्पो, आयोजना, तयारी र उदेश्यका बारेमा जानकारी गराउन एक्स्पोका आयोजक तथा प्रवन्ध निर्देशक कपिल अधिकारी अहिले नेपाल भ्रमणमा छन । अधिकारीले नेपाल सरकारका वाणिज्य तथा आपुर्ती सचिव बैकुण्ठ अर्याल,  अमेरिकाका लागि पुर्व नेपाली राजदुत तथा अर्थविद डा. शंकर शर्मा, नेपाल चेम्बर्श अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष नरेश श्रेष्ठ लगायतलाई भेटेर एक्स्पोको बारेमा जानकारी गराएका छन ।

स्मरणीय छ, पुर्व राजदुत तथा अर्थविद डा. शर्माले आफ्नो पछिल्लो अमेरिका भ्रमणमा ‘एउटा नेपालीले जन्मभुमीको कला प्रवर्धनका लागि मरिमेटेर लागेको कार्यक्रम’ का लागि आफुले सक्दो सहयोग गर्ने वचन दिएका थिए ।

भारतमा पनि ‘हिमालयन एक्स्पो’ आयोजना हुने :

नेपालमा एक्स्पो सकिने बित्तिकै छिमेकी मुलुक भारतमा पनि ‘हिमालयन एक्स्पो’ को आयोजना गरिने पक्का-पक्की भएको निर्देशक अधिकारीले बताए । एक्स्पोको जानकारी र तयारीका लागि नेपाल जाने क्रममा भारतीय ब्यापारिक मित्रहरुसंगको भेटमा भारतको आग्रा शहरमा कार्यक्रमको आयोजना गरिने बताईएको छ । एक्स्पोको तयारीका लागि अफिसियल सम्पुर्ण तयारी भईरहेको बताउंछन, अधिकारी ब्रदर्शका अर्का निर्देशक शरण अधिकारी ।

एक्स्पोमा एनआरएनएको चासो :
प्रवासी नेपालीहरुको संस्था एनआरएनएले पनि एक्स्पोको बारेमा सहयोगको चासो राखेको छ । एनआरएनएका वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार कुमार पन्तले निर्देशक अधिकारीलाई यो शोको लागि एनआरएनएले सक्दो सहयोग गर्ने बताएका छन । संयोगले एउटै जिल्ला गोरखाका छोराहरु पन्त र अधिकारीले ‘माटो र एउटै धाराको पानीको नाताले पनि’ हिमालयन एक्स्पोको सफलता आफ्नो पनि सफलता भएकोले भरपुर सहयोग गर्ने वचन पन्तले दिएका छन ।

एनआरएन ग्लोबल कन्फेरेन्समा एक्स्पोको जानकारी र एनआरएनएसंगको सम्बन्ध र आशातित सहयोग माग्न अधिकारी ब्रदर्शका सिईओ उत्तम अधिकारी नेपाल जांदैछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *