२०८१ वैशाख १५ गते | 27th of April 2024

चर्चित ‘गजल उत्सव- ३’ को आगामी संस्करण अमेरिकाको सिन्सिनाटीमा

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २३ गते १५:४५

टेक्सास – अमेरिकी नेपाली समुदायमा साहित्य बिधामा एउटा नौलो फड्को ‘गजल उत्सव’ ले आफ्नो रफ्तार बढाउंदै लगेको छ । साहित्यको सशक्त पाटो गजल बिधालाई अमेरिकी नेपाली समुदायमा जोड्न ‘गजल उत्सव – १’ बाट डालसबाट शुरु भएको अभियान दोस्रो भाग हुंडै अब सिन्सिनाटीमा ‘गजल उत्सव -३’ को तेस्रो संस्करण आयोजना गरिंदैछ ।

नेपाली समुदायमा बिभिन्न बाहनामा खादा-माला र भाषणे कार्यक्रमलाई तिलान्जली दिंदै साहित्य मार्फत जन र समुदाय जोड्न युवा साहित्यकार बासु पुष्पा अधिकारी, पवन लामिछाने र समुहको संयोजनमा यो अभियान धुरन्धरसंग अगाडी बढेको छ । समुदायमा साहित्य जागरणका लागि अमेरिकाका शहर-शहरमा आफ्नो यात्रा जारी राख्ने क्रममा यो अभियानको तेस्रो आयोजना अमेरिकाको सिन्सानीटीमा आयोजना हुंदैछ । Image may contain: 41 people, including Suresh Wagle, Siwakoti Bhola, Padam Bishwokarma and Pawan Lamichhane, people smiling

गजल उत्सव – ३ को आयोजनाको बारेमा बासु पुष्पा अधिकारीद्दारा प्रेषित जानकारी :

गजल उत्सव हाम्रोलागि एक महोत्सव हो, एक पर्व हो | हामी यो पर्व यो पाली सिन्सिनाटी, ओहायोमा मानाउँदैछौँ यहि सेप्टेम्बर २८ शनिबारको दिन गजल उत्सव-३ को नाममा | डालस, टेक्सासबाट सुरु भएको गजल उत्सवको यो अभियानमा, यो आन्दोलनमा यो पाली गजल यात्रासँग हातेमालो गर्दै सहकार्य गर्न एउटा पबित्र सेवा भावना र कर्म बोकेको संस्था ‘Hope’ जोडिएको छ |

डालस, टेक्सासमा सम्पन्न गजल उत्सव १ र २ भन्दा गजल उत्सव-३ अझ बढी व्यापक र अझ बढी परिस्कृत हुनेछ, यो हाम्रो आत्मबिस्वाश हो | यो आत्मबिश्वाशलाई बास्तविकतामा रुपान्तरण गर्न जरुरत छ त हामीलाई तपाईहरुको माया, साथ, सहयोग, हौसला, सुझाब अनि सहभागिताको |

Image may contain: 1 person

गजल उत्सव-३ गजल बाचनमात्र हुने छैनन्, गुन्जिनेछन् सुरिला गजलहरु कर्णप्रिय आवाजमा प्रतक्ष्य संगीत सहित |

गजल उत्सव-३ को एउटा महत्वपूर्ण पाटोको रुपमा रहनेछ ‘ गजल कार्यशाला’ | हामी अनुभव सुन्नेछौं अग्रजहरुको, जिज्ञासा मेटाउने प्रयाश गर्नेछौं अनुजहरुको | गजल बुझ्न र सिक्न चाहनेहरुकोलागि एउटा कक्षाकोठा बन्नेछ ‘गजल कार्यशाला’ |

नेपाली गजलको निम्ती नेपाली भूगोल भन्दा परबाट गरिएको यो अभियानमा तपाईहरु सबैलाई स्वागत गर्न हामी आतुर छौं | Image may contain: Pawan Lamichhane

जय गजल..

#गजल_उत्सव_३

Leave a Reply

Your email address will not be published. Required fields are marked *