२०८१ वैशाख १४ गते | 26th of April 2024

आरसी गौरीराज जोशीद्वारा एनआरएनएलाई एक करोड सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २६ गते १८:३५

डालास- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले संघलाई एक करोड सहयोग गर्नुभएको छ । गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा अध्यक्ष भवन भट्टको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक जोशीले संघको खातामा १ करोड रुपैया सहयोग गर्नु भएको एनआरएनए केन्द्रीय कार्यालयले जनाएको छ ।

‘गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका अध्यक्षज्युको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक श्री गौरी राज जोशी ज्युले संघको खातामा रु १ करोड सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। क्षेत्रीय संयोजक श्री गौरीराज जोशीज्यूको निरन्तर प्रगतिका लागी हार्दिक शुभकामना।अध्यक्षज्युले अरु पदाधिकारीहरुलाई पनि सापटीको रुपमा सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ,’ संघले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ ।

जोशी आगामी अक्टोवरमा काठमान्डौंमा हुने एनआरएनए विश्व सम्मेलनको निर्वाचनमा सचिवका प्रत्यासी हुनुहुन्छ । यसअघि संघका उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार कुमार पन्तले एक करोड सहयोग प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *