२०८१ वैशाख १३ गते | 25th of April 2024

हिमालयन एक्स्पोलाई सरकारको पूर्ण सहयोग हुन्छ – पर्यटन मन्त्री भट्टराई (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ २८ गते २१:१७

काठमान्डौं – नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले आगामी अप्रिल २१ तारिख देखी २३ तारिखसम्म नेपालमा आयोजना हुने प्रथम ‘अन्तरराष्ट्रिय हिमालयन एक्स्पो – २०२०’ लाई नेपाल सरकारले सक्दो सहयोग गर्ने वचन दिएका छन । । बहुप्रतिक्षित नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरेर नेपाली हस्तकला र नेपाली उत्पादनहरु प्रबर्धन गर्ने हेतुले बिभिन्न देशका ब्यापारीहरु, नेपाली ब्यापारी तथा नेपाली ब्यापारिक संघ-संस्थाहरुको सहयोग तथा सहभागीतामा नेपालीद्दारा ब्यक्तिगत रुपमा आयोजना हुने प्रथम हिमालयन एक्स्पो – २०२० काठमान्डौं, नेपालको ब्यापार प्रवर्धन र चिनारीको गौरवको बिषय समेत भएको मन्त्री भट्टराईले बताएका छन ।

हिमालयन एक्स्पो – २०२० मा संसारभरका व्यावसायिक सदस्य तथा संस्थाहरुको उपस्थितीमा हुने पक्का भईसकेकोपछी सोको जानकारी, तयारी र नेपाल सरकार, ब्यापारिक संघ-संस्थाहरुसंगको भेटका लागि नेपाल पुगेका एक्स्पो आयोजक संस्था ‘हिमालयन ग्रुप, ईन्क’का सिईओ कपिल अधिकारीसंगको भेटमा पर्यटन मन्त्री भट्टराईले साकारले सहयोग गर्ने बताएका हुन ।

जनमभुमीको मुख्य आयस्रोत पर्यटन र स्वदेशमा बिदेशी पर्यटक भित्र्याएर सगरमाथाको देश र शान्तिका दुत गौतम बुद्धको पवित्र भुमी, कला, संस्क्रिती र आथित्यता चिनाउन सरकारद्दारा बहुप्रचारित ड्रिम प्रोजेक्ट ‘भ्रमण बर्ष – २०२०’ लाई समेत टेवा पुगोस भन्ने हेतुले हिमालयन एक्स्पो – २०२० को उदेश्यका बारेमा जानकारी गराउन एक्स्पोका आयोजक तथा प्रवन्ध निर्देशक कपिल अधिकारीले यसअघि नेपाल सरकारका वाणिज्य तथा आपुर्ती सचिव बैकुण्ठ अर्याल,  अमेरिकाका लागि पुर्व नेपाली राजदुत तथा अर्थविद डा. शंकर शर्मा, नेपाल चेम्बर्श अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष नरेश श्रेष्ठ लगायतलाई भेटेर एक्स्पोको बारेमा जानकारी गराईसकेका छन ।

भिडियो : अन्जना लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *