२०८१ वैशाख ११ गते | 23rd of April 2024

चम्कदैंछ्न गौरी : लमजुङ्गदेखी एनआरएनएको सचिव उम्मेदवारीसम्म

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज १९ गते १:०१

विष्णुप्रसाद पौडेल – अमेरिकाको टेक्ससमा भास्टिका नामको एउटा आइटी कम्पनी छ । जसले आफ्ना उत्पादन विश्व बैंकलाई पनि बिक्री गरेको छ । चर्चित अमेरिकी कम्पनी ए टी एन टी ले भास्टिकाका उत्पादन किनेको छ । अमेरिकन एयरलान्स भास्टिकाको अर्को क्लाइन्ट हो । अरु दर्जनौं यस्ता नाम छन्, जसलाई भास्टिकाले आफ्नो उत्पादन बिक्री आएको छ । तपाईंलाई लाग्ला यस्तो कम्पनी पक्कै पनि रैथाने अमेरिकीले चलाइरहेको होला । वा अरु युरोपेली या अस्ट्रेलियन अथवा बेलायतीले । त्यस्तो अनुमान गर्नु भयो भने तपाईंको अनुमान गलत सावित हुन्छ । भास्टिका सञ्चालक अरु कोही भएर एक नेपाली हुन्, गौरी जोशी ।

हो, गौरी जोशी त्यही कम्पनीका सञ्चालक हुन्, जसले एउटा गर्विलो नाम बनाएका छन् । जो अमेरिकामा रोजगारी गर्दैनन्, अरुलाई रोजागरी दिन्छन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीहरुलाई आफ्ना उपभोक्ता बनाउन सफल भास्टिकाले रोजगारी पनि अन्तर्राष्ट्रिय जनशक्तिलाई नै दिएको छ । अमेरिकी, अस्टे«लियन र युरोपेलीहरु भास्टिकामा काम गर्छन् । अरुलाई रोजीरोजी रोजागरी दिएका जोशीले नेपालीलाई त झन् खोजीखोजी आफ्नो कम्पनीमा भिœयाएका छन् । सयौ जनालाई रोजगारी दिन सकेको भास्टिकाको विश्वसनीयता चुलिँदो छ र व्यापार फैलिँदो छ । नेपालमै पनि शाखा खोलेका छन्, जहाँ १५ जनाले रोजगारी पाएका छन् । भारतको दिल्ली नोयडामा ४० जनालाई जागिर दिएर काम गरिरहेका छन् ।

आइटी त उनको आफ्नै प्रोफेसनल क्षेत्र भइहाल्यो । त्यसका अलावा रियल स्टेट गौरी जोशीले लगानी गरेको अर्को महत्वपूर्ण क्षेत्र हो । ग्यास स्टेसनमा पनि उनले लगानी लगाए । आखिर पुँजीको राष्ट्रियता हुँदैन भनिन्छ । उनले अमेरिकामा कमाएको पुँजीको राष्ट्रियता पक्कै भएन तर नेपाली जाति हुनुको नाता र आफ्नो मातृभूमि तथा राष्ट्रियताकै कारण गौरीले नेपाललााई पनि लगानीको थलो बनाएका छन् । शिक्षा, स्वास्थ्य, बैंकिड, हाउजिङ, र हाइडोमा जोशीको लगानी नेपाल भित्रिएको छ । भन्छन्, ‘आफ्नो लगानी त मातृभूमिका लगिएकै छ, अरु विदेशीलाई पनि नेपालमा लगानी गर्न मेरो प्रोत्साहन रहँदै आएको छ ।’ नेपालमा व्यावसायिक वातावरण अझै सुधार होस् भन्ने कामना जोशी गरिरहन्छन् ।

यतिको व्यावसायिक सफलता प्राप्त गरेका जोशीबारेका अरु पूर्वानुमान पनि सही नहठरिन सक्छ । जस्तो कि उनको पृष्ठभूमि र पारिवारिक पेसा पनि कुनै व्यवसाय थियो कि रु भन्नेबारेको अनुमान । होइन, उनको परिवारका कसैले पनि कुनै व्यवसाय गरेका थिएनन् । व्यावसायिक विरासत उनले परिवारबाट पाएका होइनन्, यो सफलता उनको आफ्नै आर्जन हो । भन्छन्, ‘व्यवसाय त मेरो पुर्ख्यौली पेसा होइन, तर जुन क्षेत्रमा काम गरें, जहाँ काम गरें, त्यहीबाट व्यवसायका लागि आत्मविश्वास पलायो ।’ हो, जोशीले आइटीको पढाइसकेपछि टी एन्ड टी कम्पनीमा जागिर पाएका थिए । त्यहाँ आइटीका लागि र अरु थुप्रैका लागि आउटसोर्सिङ गरेको जोशीले देखे । भन्छन्, ‘त्यसपछि नै मैले किन व्यवसाय नगर्ने रु मैले किन टी एन्ड टीलाई आफूले उत्पादन गरेर सेवा नदिने भन्ने लाग्यो, अनि व्यवसाय सुरु गरें ।’ व्यवसाय गर्ने सोचेको आँकुरा पलाएको समय सन् २००७ तिरको थियो ।

सन् १९९७ मा अमेरिका आउँदा विश्वविद्यालयमा भर्ना गरिसकेर जोशीसँग केवल २ हजार डलर साथमा थियो, त्यो पनि पुख्र्यौली सम्पति बेचेर ल्याएको हो । व्यवसायको सपनाको अंकुरण पनि त्यतिबेला भएकै थिएन । पढ्ने र जसोतसो एउटा जागिर गरेर जीवन धान्न पाए हुन्थ्यो मात्रै भन्ने मनसाय राखेका थिए । पढेर सकेपछि भने भनेजस्तो जागिर पाइएला भन्ने त ठानेकै हुन् । त्यो आत्मविश्वास त त्यतिबेलै थियो ।

गौरी अमेरिका आउँदा यहाँ जागिर पाउन पनि मुस्किल थियो । जागिर पाइहाले पनि आफ्नो गाडी नहुनेहरुलाई झन् मुस्किल थियो । एक त ४ जना मिलेर एउटा कोठामा बसेका थिए, अर्कोतिर न जागिर न गाडी । जसै जागिर पाए, ४ जना मिलेर एउटा गाडी किने । पढाइ नसक्दासम्म तिनै सानातिना काममा अल्झिनै प¥यो । जब सन् २००० मा टेक्सासको डालास युनिभर्सिटीबाट इन्फरमेसन टेक्नोलोजीमा आइटीको मास्टर्स सके,ए टी एन टी मा गौरीले जागिर भेटे । त्यसपछि जिन्दगीको यात्रा सरल हुन थाल्यो । केही समयपछि जागिरबाट युटर्न लिएर व्यवसायमा होमिए । जसको परिणाम आज भास्टिका छ ।

आफूले व्यवसाय गर्दा पनि नेपालीलाई नै प्राथमिकता दिएका गौरी नेपाल र नेपालीका लागि भनेर विभिन्न अरु सामाजिक संस्थामार्फत पनि लागि पर्दै आएका हुन् । उनी अमेरिका आउँदा ताका यहाँ नेपालीको संख्यै उतिसारो थिएन । एकापसको सहयोग आदानप्रदान गर्न गाह्रो थियो । माध्यम थिएन । न नेपाली न नेपालीका मञ्च र माध्यम । तर विस्तारै नेपाली बढ्न थालेपछि संस्थाहरु पनि खुले । गौरी सामाजिक संस्थामा होमिइहाले । कुन नेपालीलाई के समस्या प¥यो, कहाँ नेपालीलाई के भयो रु को बिरामी प¥यो रु कसलाई पैसा चाहियो रु कसलाई जागिर चाहियो रु यस्ता व्यक्तिगत भन्दा व्यक्तिगत काममा पनि गौरीको चासोमात्रै रहेन सहयोग रह्यो ।

अहिले विदेशका नेपालीको मूल संस्था गैरआवासीय नेपाली ९एनआरएन० महासंघ भएको छ । उनताका न अन्त थियो एनआरएन महासंघ न अमेरिकामा । बरु नर्थ अमेरिकन नेपालिज सोसाइटी ९न्याक० थियो । गौरी जोशी त्यसैमा सक्रिय भए । नेपाली समाज टेक्ससको महासचिव भए । अध्यक्ष पनि भए । नयाँ पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउने पाठशाला स्थापनाको पहलमा गौरीले योगदान गरे । आज त्यस्तो पाठशाला अमेरिकाभरि फैलिँदा उनलाई सन्तोष लागेको छ ।

सन् २००७ बाटचाहिँ एनआरएनमा संलग्न र सक्रिय भए । एनआरएनमा क्षेत्रीय संयोजक रहे । सिस्टममा काम गर्न मन मन पराउने उनले एनआरएनमा सिस्टम बसाउन योगदान गरे । आइटीको आफ्नो अनुभव र दक्षतालाई अनलाइन र सिस्टमेटिक संस्था बनाउन लागिपरे । नेपालमा एनआरएनएका परियोजनाहरु सञ्चानल गर्नेका लागि ऋण खोजेर उपलब्ध गराउने मनकारी उनै गौरी जोशी हुन् । संस्थामा बसेर आफूले केही पाऊँ भन्दा पनि केही योगदान गर्न सकूँ भन्ने लाग्छ भन्छन् उनी । सामाजिक सेवाकै लागि आमा फाउन्डेसनमार्फत सेवा गरिरहेका छन् । हालैमात्रै एउटा एम्बुलेन्स नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं नेपाली काँग्रेशका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टको संयोजनमा सुदूरपश्चिम नेपालका लागि उनले हस्तान्तरण गरेका थिए । सन् २०१२ देखि उक्त फाउन्डेसनमार्फत स्वास्थ्य चौकीहरुमा सहयोग गर्दै आएका छन् । विद्यालयहरुलाई सहयोग गर्दै आएका छन् । फाउन्डेसनले गरेको सामाजिक काममा नगदैमात्रै पनि करोडभन्दा बेसी नेपाली रुपैयाँ खर्च भइसकेको छ । आफूले जुनखाले संघर्ष गौरीले गरेका थिए, उनी त्यस्तै संघर्षरत नेपालीलाई सहयोग गर्न चाख मान्छन् । त्यसैले आमा फाउन्डेसन खोलेका हुन् ।

एनआरएन आईसिसिमा हुन गईरहेको निर्बाचनमा सचिब पदमा यदी निर्बाचित भएको खण्डमा संस्थालाई अझ बलियो बनाउने उद्देश्य त उनको छँदैछ । अमेरिका र विदेशका नेपालीलाई सिर्जनशील बनाउने र उद्यमशील बनाउने कार्यक्रम ल्याउने उनको योजना छ । नेपालको पहिचान र संस्कृति संरक्षण र प्रवद्र्धनमा पनि जोशीका आफ्नै लक्ष्य र उद्देश्य छन् । अहिलेसम्मको योगदानलाई सदस्य मतदाताले मूल्यांकन गर्ने विश्वासमा छन् उनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *