1

डालसमा नेपाली डाक्टरहरुकै मेडिकल सेवा शुरु

130 पटक पढिएको

डालस – नेपालीहरुले बिभिन्न खालका ब्यवसायमा सफलता प्राप्त गरेको र संख्या पनि धेरै रहेको मध्ये पर्ने ड्यालास शहरमा अब नेपाली डाक्टरहरुले सम्पुर्ण स्वास्थ्य जांच गर्ने सुबिधा भएको मेडिकल सन्चालन गरेका छन् । नेपालीहरुको धेरै बसोबास रहेको ड्यालासको अर्भिगं शहरमा यसै हप्ताबाट मेडिकल सेवा शुरु भएको हो । यस क्षेत्रमा नेपाली डाक्टरहरु धेरै भए पनि पुर्ण सेवा प्राप्त हुने नेपालीहरुले सन्चालन गरेको क्लीनीक पहिलो पटक शुरु भएको छ । अमेरिकाको बिभिन्न अस्पतालमा बिगत दुई दशक देखी काम गर्दै आएका नेपाली डाक्टरहरुको समुहले टेक्सास प्राईमेरी केयर स्पेसलिस्ट नामक मेडिकल क्लीनक ७४२९ लस कोलिनस बुलुभड अर्भिंगंमा सन्चालनमा ल्याएका छन् । नेपालको नेपालगन्ज मेडिकल कलेजबाट एमबिबीएस अनि शिकागोको प्रेसेन्स सेन्ट जोसेफ हस्पीटल शिकागो हुंदै युनिभर्सीटी अफ नेभडामा असिटेन्स प्रोफेशरको समेत अनुभव संगालेका बिश्वास उपाध्याय प्राईमेरी केयर फिजिसियन रहेका छन् भने बच्चा देखी बृद्धसम्मका प्राय सबै रोगका बिशेषज्ञ डाक्टर यस क्लीनकमा रहने जनाइएको छ ।

डाक्टर उपाध्यायका अनुसार नेपालीहरुको ठुलो बस्ती रहेको ड्यालासमा नेपाली भाषामै बोलेर सबै खालका मेडिकल सेवा दिने क्लीनकको धेरैले आवश्यकता औल्याएकद्दोले आफुहरु यंहा आएको बताएका छन् । डाक्टर मन्दीप आर्चाय, डाक्टर बिश्वास उपाध्याय, डाक्टर अमित बजाज, डाक्टर प्रियंका अग्रवाल र एफएनपी दिपा बराल लागयातको टिमले चेकजांच गर्ने क्लीनीकमा नेपालीभाषीका लागि बिषेश सहुलियत प्याकेज राखीएको बताएका छन् । ईन्सोरेन्स नहुने नेपालीका लागि एक बर्ष सम्मको जम्मा १५० डलरको मेम्मबरसीपमा पुरै शरिर चेक गर्नुका साथै ल्याब जांच पनि ब्यवस्था राखिएको छ । साथै अन्य उपचारको जाचंका प्याकेजमा साथै एक पटक मात्र चेक गर्नेका लागि पनि अरुलाई भन्दा नेपालीभाषीलाई धेरै सहुलियत रहेको डाक्टर उपाध्यायले बताएका छन् । आफुहरु सबैभन्दा पहिला नेपालीहरुलाई नै सहजरुपमा सेवा दिने उदेश्य लिएको उनिहरुले बताएका छन् । सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि सांझ ५ बजेसम्म खुल्ने मेडिकलमा सेवा लिनको लागि फोन नम्बर ९७२६४३८७२७ मा फोन गरेर अपोईन्मेन्ट बनाउन सकिने छ ।

तपाईको प्रतिक्रिया

भक्तपुर - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलहरुको साझा.. ...

अमेरिका - अमेरिकामा रहेका नेपालीहरुले कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरास्थित मुक्त.. ...

सरस्वती शर्मा (सरु )/ विस्कन्सिन, अमेरीका नेपालको सुदुर र मध्यमश्चिमेली सास्कृतिक झल्को अव.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...