२०८१ वैशाख ८ गते | 20th of April 2024

एक्सन फर नेपाल गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक २८ गते २१:५२

काठमाडौं – समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका युवाहरुले बढ्दो महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले एक्सन फर नेशन नेपाल गठन गरेका छन् ।

संस्थाले शुरुमा काठमाडौं र त्यसपछि देशका विभिन्न स्थानमा पुगेर महिलाहरुलाई कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको सदस्य दयाराम पाण्डेले जानकारी दिए । लामो समयदेखि अमेरिकामा बस्दै आएका तेक्कान्दो खलाडी एवम् पर्यटन वर्ष २०२० का अमेरिकाका लागि पर्यटनदूत प्रकाश थापाको अध्यक्षतामा संस्था गठन भएको हो ।

संस्थामा थापा अध्यक्ष, उपाध्यक्ष निर्मल शर्मा, सचिव श्रीकृष्ण श्रेष्ठ, कोषाध्यक्ष राजकुमार लामा रहेका छन् । त्यसैगरी, सदस्यहरुमा नाजीर हुसेन, गिरी बहादुर सुनार, मिलन लामा, अनिल प्रदान (वशिष्ट) अम्बिका शर्मा, सीता पाण्डे र दयाराम पाण्डे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *