२०८१ वैशाख ८ गते | 20th of April 2024

सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर ३ गते २१:४५

भक्तपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भएको सन्देश दिन मतदाताहरु समक्ष आग्रह गर्नुभयो । “अब पनि नेकपाले जितेको खण्डमा दुई तिहाईको दम्भ सहित सरकारबाट भएका गलत क्रियाकलापप्रति जनता सन्तुष्ट रहेछन् भन्ने सन्देश जान्छ ” पौडेलले भने ।

वर्तमान सरकारका गलत गतिविधिलाई रोक्ने कि अनुमोदन गर्ने भन्ने गहन जिम्मेवारी मतदाताको काँधमा आएको भन्दै नेता पौडेलले विवेक प्रयोग गर्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट जनता आजित भएको भन्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान काग्रेसको विकल्प नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *