२०८१ वैशाख १३ गते | 25th of April 2024

हामी नेपाली ग्लोबल संस्थाको अमेरिका अध्यक्षमा ईन्दिरा त्रिपाठी

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर १० गते २१:१४

न्यूयोर्क – गत बर्ष स्थापना भएको हामी नेपाली ग्लोबल संस्थाले आफ्नो प्रथम अन्तरराष्ट्रिय सम्मेलन न्यूयोर्कमा हालाई सम्पन्न गरेको छ । पापी चलचित्रका निर्माता तथा नायक एवम जर्मनीमा लामो समय बसेका अमृत लामाको संयोजकत्वमा स्थापना भएको संस्थाले अहिले करिब चालिस देशमा आफ्नो संगठन विस्तार गरेको छ ।Image may contain: Mahesh Malla

प्रवासी नेपाली समाजको छाता संगठन एनआरएनएसंग असन्तुष्ट रहेकाहरुलाई समेट्न एनआरएनएकै समानन्तर संस्थाको रुपमा स्थापना भएको हामी नेपाली ग्लोबलका पदाधिकारीहरुमा बहुसंख्यक एनआरएनएमा निर्वाचन हारेकाहरु छन । बिशेष गरी अमेरिकामा यो अवस्था लागु भएको छ ।

संस्थाको न्यूयोर्क सम्मेलनले अमेरेकी अध्यक्षमा लस एन्जलस निवासी ईन्दिरा त्रिपाठीलाई चयन गरेको छ । एनअारएनए अमेरेकाकी निवर्तमान महिला संयोजक तथा गत निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदकी उम्मेद्वार त्रिपाठी अहिले हामी नेपाली नामक संस्थाकी अमेरिकी अध्यक्ष बनेकी छन । महासचिवमा एनआरएनए अमेरिकाको दुईटा निर्वाचनमा महासचिव पदकै उम्मेद्वार रहेका महेश मल्ल चुनिएका छन । मल्ल नेपाली जनसंपर्क समिती अमेरिका न्यूयोर्क च्याप्टरका महासचिव पनि हुन ।

अध्यक्ष त्रिपाठी न्यूयोर्कमा सम्मानित :

हामी नेपाली अमेरिका राष्ट्रिय समितिका अध्यक्ष इन्दीरा त्रिपाठी सम्मानित भएकी छन ।

आफ्नो जीवनको लामो समयसम्म सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक सेवामा निरन्तर लागेकी इन्दीरा त्रिपाठीलाई न्यूयोर्क सिटीबाट सम्मान गरिएको हो ।

हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा शान्ति पदयात्राका दिन न्यूयोक सिटी एसेम्बली मेमबर बरो ब्रूकलिनले सम्मान गरेको छ ।

उक्त सम्मान समारोह नोभेम्बर २४, २०१९ अमेरीकाको न्युयोर्क, कुईन्स पब्लिक लाईब्रेरीमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *