२०८१ वैशाख ८ गते | 20th of April 2024

बाल्टिमोरमा एनआरएनए अमेरिकाको सम्मान कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर २३ गते २३:२१

बाल्टिमोर – गैर  आवासीय नेपाली संघको बृहत भेला मेरिल्याण्डमा भब्य रुपमा सम्पन्न भएको छ । “गैर आवासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड भेला निर्दिष्ट उद्देश्य अनुरुप पूर्ण रुपमा सफल भयो ।” भेलाका संयोजक तथा गैर आवासीय नेपाली संघ अमेरिकाका क्षेत्रिय उपाध्यक्ष कृष्णजीवि पन्तले नेप्लिज डायस्पोरासंग भने। अमेरिकाको एनआरएन अब एक भयो भन्दै उनले भने, “अब एनआरएनका साथीहरुले चुनावी रसाकस्सी र तिक्तता बिर्सेर संस्थाको उदेश्य र आवश्यकता अनुरुप काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएकोमा खुशी पनि लागेकोछ ।”

अध्यक्ष सुनील साह पनि यो कार्यक्रमपछि उत्साही देखिएका छन् । “यो भेलाले हामीलाई उर्जा दिएको छ । एउटा अभुत्पुर्ब एकता र उत्साह पनि पाएको छु ।” साहले भने, “यस्ता भेलाहरुमा सधै असन्तुष्टिका कुराहरु सुनिन्थ्यो र यो भएन त्यो भएन भन्ने मात्र कुरा हुन्थ्यो तर यो भेलामा सबै साथीहरुले यो गरौँ र त्यो गरौँ भन्ने आईडियाहरु ल्याउनु भयो । म अति खुशी छु ।”

अध्यक्ष साहले नेप्लिज डायस्पोरासंग थप भने, “मेरो नेतृत्वमा काठमाडौँ गएको अमेरिकाका प्रतिनिधिहरुले केन्द्रिय समितिमा प्राप्त उपलब्धिप्रति साथीहरुले गौरवका रुपमा लिनु भयो र मलाई धन्यवाद पनि दिनु भएको छ । म सबैसंग भन्न चाहन्छु की अब हामीले यस्ता धेरै सफलता पाउनेछौं ।”

भेलाको मुख्य उद्देश्य नै नेपालमा सम्पन नबौं विश्व सम्मेलनमा अमेरिकालाई प्राप्त सफलता सेलिब्रेट गर्नु र विजयीहरुलाइ सम्मान गर्नु रहेकोले कार्यक्रममा विजयी उमेद्वारलाई सम्मान गरिएको थियो । जसमा केन्द्रिय महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी जोशी र अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी उपस्थित भएका थिए । विजयी भएका केन्द्रिय उपाध्यक्ष सोनाम लामा, अमेरिकाज क्षेत्रका सहसंयोजक राम सी पोखरेल र वमन कोअर्डिनेटर उमा थापाले बिशेष कारण देखाउदै अनुपस्थित रहेका थिए । केन्द्रिय उपाध्यक्ष पदमा पराजित भएपनि सहभागिताका लागि निम्तो पठाईएका निबर्तमान अध्यक्ष केशव पौडेल पनि पारिवारिक कामले कार्यक्रममा उपस्थित नभएको जानकारी दिईएको थियो ।

कार्यक्रममा बोल्दै आईसिसि महिला उपाध्यक्ष रविना थापाले एकताका कारण यो सबै सम्भव भएको भन्दै अध्यक्ष सुनील साह र संसारभरका मतदाताहरुलाई धन्यवाद ब्यक्त गरिन ।

सोहि कार्यक्रममा सम्मान ग्रहण गर्दै केन्द्रिय सचिव गौरी जोशीले अमेरिकाका सदस्यहरुले आफुलाई सधै माया गरेको र हरेक पाइलामा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले एनसिसि र आइसीसीका बीचमा हुने मतान्तर कम गर्न केहि नीतिगत सुधार आवश्यक भएको भन्दै आफुले यसमा पहल गर्न बताए ।

सम्मानित अर्का व्यक्तित्व अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले आफुले सहमति, सहकार्य र समन्यवको मूल मन्त्रका साथ काम गर्ने प्रतिबद्दता ब्यक्त गरे । कामगर्दा विवाद आएका आपसी छलफलबाट नै निर्णय गरिने उनले बताए ।

“भेलाका अवसरमा उपस्थित सहभागी साथीहरुले एनआरएनए अमेरिकाको वर्तमान कार्य समितिले गरेको राम्रा कामहरु र उपलब्धिहरुका बारेमा चर्चा गर्दै आगामी दिनमा गर्न सकिने र गर्नुपर्ने योजनाहरुको बारेमा व्यापक छलफल गर्नुभयो ।” संस्थाका महासचिव पशुपति पाण्डेले बताए । उनले भने, “यो भेलाले पुराना योजनाहरु र नयाँ योजनाहरुलाई कसरी कार्यान्वयन गर्ने भनेर खाका तयार पारेको छ । हामी त्यही अनुरुप अगाडी बढ्छौं ।”

कार्यक्रमको पहिलो चरणमा टास्क फोर्सका संयोजकहरु र च्याप्टर सभापतिहरुसंग केद्रीय समितिले छलफल गरेको थियो । उक्त कार्यक्रम फलदायी भएको न्युयोर्क च्याप्टरका सभापति रामहरी अधिकारीले बताए । भर्जिनियाका सभापति कृष्ण सादगीले आफुहरुले केन्द्रलाई महत्वपूर्ण सुझाबहरु दिएको बताए । केन्टुकी राज्यका सभापति डिलु पराजुलीले आफुहरु संगठन विस्तारको काम सकेको र अब कार्यान्वनको चरणमा रहेको जानकारी दिएका थिए ।

कार्यक्रम अबधिमा टास्क फोर्सका संयोजकहरुले पनि आफुले गर्न सकिने योजनाहरुको फेहरिस्त पेश गरेका थिए र सहभागीहरुबाट सुझाब संकलन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरु संग अन्तरक्रिया गरिएको थियो । यो कार्यक्रमको सहजीकरण नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक सतिश चापागाईंले गरेका थिए । सहभागीका जिज्ञासाहरुमा अध्यक्ष सुनील साहले उत्तर दिएका थिए । सोहि चरणमा अमेरिकामा हुन् लागिरहेको जनगणना २०२० को बारेमा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले प्रकाश पारेका थिए । यो बिषयमा कार्यक्रमा झन्डै एक घण्टा छलफल भएको थियो । बिशेषगरी जना गणनामा कसरी सहभागी हुने र संघसंस्थाहरुले कसरी काम गर्न सकिन्छ भन्ने बारेमा बन्जाडेले बिस्तृतमा प्रकाश परेका थिए ।

कार्यक्रमको आतिथ्यता गरेको मेरिल्याण्ड च्याप्टरका सभापति डोलनाथ घिमिरेले च्याप्टरका तर्फबाट एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साह संगै नवौं सम्मेलनबाट विजयी सबै पदाधिकारीहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए ।

“हामी अमेरिकाभरीबाट आउनु हुने पाहुनाहरुको स्वागत गर्न पाउदा अति नै खुशी छौं ।” मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष राजु पराजुली, सचिव बिष्णु बराल, सदस्य र ज्ञानहरि घिमिरे र सुदर्शन पौडेललेसमान अनुभव बताएके नेप्लिज डायास्पोराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *