२०८१ वैशाख ८ गते | 20th of April 2024

अधिवक्ता बासु फुलाराको तेस्रो शाखा कार्यालय भर्जिनियामा उद्घाटन हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष ४ गते ४:४६

भर्जिनिया/विजय थापा – चर्चित कानुन व्यवसायी बासु फुलाराको तेस्रो शाखा कार्यालय डिसी महानगर क्षेत्र (भर्जिनिया) मा पनि बिस्तार हुने भएको छ । उनको शाखा कार्यालय यस क्षेत्रमा खुल्ने भए पछि नेपाली समुदायमा खुशी छाएको छ ।

डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयरफ्याक्स नगरमा उनको शाखा कार्यालय आगामी डिसेम्बर २१,२०१९ देखि शुभारम्भ हुने भएको छ । अधिवक्ता फुलारा स्वयम् उपस्थित हुने र कार्यलय उद्घाटन कार्यक्रम आयोजना हुने भएको छ ।

अमेरिकाको राजधानी डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व पनि उल्लेखनीय रुपमा वृद्धि भएको, आफूलाई पनि साथीभाई, हितैषी र शुभचिन्तकहरुले समेत कानुनी सेवा यस क्षेत्रमा विस्तार गर्न आग्रह र अनुरोध पनि आएकोले शाखा कार्यालय खोल्ने मौका मिलेको फुलाराले बताए ।

‘डिसी महानगर क्षेत्रमा नेपाली समुदायलाई कानुनी सेवा गर्ने अवसर पाइने भएकोमा निकै गर्व लागेको बताए । आफ्ना धेरै चिनेजानेका नेपाली दाजुभाई दिदीबहिनीहरु यस क्षेत्रमा रहेकोले खुशी लाग्नु स्वाभाविक हो,’ उनले अगाडी भने । उनको कानुन व्यवसायबाट अमेरिकी आप्रवासन, बाणिज्य, फौजदारी, पारिवारिक, सम्पत्ती, अध्यागमन, व्यवसाय तथा कर तथा घर खरिद बिक्रि आदी ईत्यादी कानुनी सेवा लिन सकिने छ ।

न्युयोर्कको टाइम्सस्वायरमा सन् २०१७ मा उनले एकल रुपमा ‘ल अफिसेस अफ बाशु डि फुलारा पिसी’ हाल संचालनमा रहेको छ । अहिले सम्म अधिवक्ता फुलारा अमेरिकाको ३० वटा भन्दा बढी राज्यका अदालतहरुमा बिभिन्न मुद्धाहरुमा बहस गरि अन्यायमा परेकालाई न्याय दिलाउन सफल भएका छन् ।

अमेरिकामा सन् २०११ देखि कानुनी सेवामा कार्यरत उनी यस अघि क्षेत्री एन्ड एसोसिएट्समा आवद्ध थिए । नेपालमा २००१ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तरमा (एलएलएम) सर्वश्रेष्ठ भई महेन्द्र विद्या भुषण पदक पाउन सफल फुलारा क्यालिफोर्नियामापनी कार्यालय खोल्ने योजनामा रहेको बताउंछन ।

अधिवक्ता फुलाराले नेपालमा ३ बर्ष मात्र नेपालमा वकालत गरेका छन् भने नेपालमा प्राध्यापक भएर अध्यापन पनि गरेका छन् । नेपालका कैयौ राष्ट्रिय पत्र पत्रिकामा उन्का लेख प्रकाशित भएका छन । सन २००५ मा अमेरिका आएका फुलाराले सन् २०११ मा अमेरिकामा कानुन व्यवसायीको लाइसेन्स (अनुज्ञापत्र)पाएका हुन् ।

विगत १७ वर्ष देखि कानुनी पेशामा ब्यबसायीक वकालत गर्दै आएका बासु फुलाराको अर्को कानुन व्यवसाय शाखा कार्यालय भर्जिनियामा स्थापित हुने छ । गत बर्ष २०७५ मा काठमाडौँमा उपराष्ट्रपति नन्द बहादुर पुनले फुलारालाई ‘ शिखर अन्तराष्ट्रिय विशिष्ठ व्यक्तित्व सम्मान २०७५ ’ बाट सम्मान गरेका थिए ।

अधिबक्ता फुलारा नेपालको सुदुर पश्चिमको डोटी जिल्लाको चुडी हाल शिखर नगरपालिका जन्मेर उच्च शिक्षासंगै अमेरिकाको न्युयोर्कमा अधिवक्ता पेशामा संलग्न रहेका छन् ।

अधिवक्ता फुलारको यस अघि क्यालिफोर्नियाको ओकल्याण्डमा अर्का वरिष्ठ अध्यागमन कानुन व्यवसायी खगेन्द्र जिसीसँग मिलेर कानुन व्यवसाय शाखा कार्यलय खोलेका थिए। यसै गरि हाल पनि फुलाराको नेपालको अनामनगरमा आफ्नै कानुन व्यवसाय संचालनमा छ

सन् २००६ मा भने अमेरिकामा डिन स्कलर सम्मान पनि पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *