२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन न्यूयोर्कमा

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष ६ गते २०:२४

क्यालिफोर्निया – अमेरिकाज क्षेत्रमा सकृय नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी सातौं अधिवेशन न्यूयोर्कमा आयोजना हुने भएको छ । आगामी मे महिनाको २ र ३ तारिख, २०२० मा नेजाको सातौं अधिवेशनको आयोजना न्यूयोर्कमा गर्ने निर्णय नेजाको बैठकले निर्णय गरेको थियो ।

संघको कार्यसमितिको बैठकले न्यूयोर्कमा आयोजना हुने संस्थाको सातौं अधिवेशनको संयोजकको जिम्मेवारी नेजाकी उत्तर पुर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई दिएको छ । कार्यवाहक सभापती बिकासराज न्यौपानेको सभापतित्वमा सम्पन्न कन्फेरेन्स बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेजाको सातौं अधिवेशन न्यूयोर्कमा सम्पन गर्ने निर्णय गरेको हो ।

सातौं अधिवेशन सफल पार्नका लागि सहयोग पुर्‍याउनुहुन उत्तर अमेरिकामा सकृय पत्रकारहरुलाई आग्रह गरिएको नेजाका सचिव सुरज भन्डारीद्दारा प्रेषित वक्तव्यमा जनाईएको छ । 

नेजाको वक्तव्य :

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं साधारणसभा अमेरिकाको न्यूयोर्क शहरमा हुने भएको छ ।
अधिवेशन सम्पन्न गर्न संघकी उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेलाई संयोजक चयन गरिएको छ । संघ कार्यसमितिको ८ डिसेम्बर २०१९ मा संघका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानेको अध्यक्षतामा बसेको कन्फ्रेन्स कल बैठकले अधिवेशन न्यूयोर्कमा गर्ने निर्णय गरेको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मे २ र ३, २०२० मा अधिवेशन गर्न लागिएको हो ।
अधिवेशन सफल पार्न सहयोग गर्न र सहभागि हुन उत्तर अमेरिकामा रहेका पत्रकारहरुमा नेजा विशेष आग्रह गर्दछ ।

सुरज भण्डारी
सचिव
नेपाल अमेरिका पत्रकार संघ(नेजा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *