२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएनए अमेरिकाको संचार विभाग गठन

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष ८ गते ३:३२

अमेरिका – गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको ६ सदस्यीय ‘मिडिया तथा पब्लिकेसन बिभाग’ गठन भएको छ । प्रवक्ता ओम भट्टराईको संयोजनमा संचारकर्मी सन्दिप चौधरी, किशन रेग्मी, सरस्वती शर्मा, राजन छेत्री , महेश खड्का र बसन्त घिमिरे सहितको एनआरएनए अमेरिकाको ७ सदस्यीय मिडिया तथा पब्लिकेसन बिभाग गठन भएको हो ।

एनआरएनए अमेरिकाको बिधानमा रहि गठन गरिएको मिडिया तथा पब्लिकेसन बिभागमा सन्दिप चौधरी – उप-संयोजक (क्यालिफोर्निया), किशन रेग्मी – उप-संयोजक (टेक्सास), सरस्वति शर्मा – उप-संयोजक (विन्कंसन) महेश खड्का (उप-संयोजक – न्यु योर्क), राजन छेत्री (उप-संयोजक) र बसन्त घिमिरे (सदस्य सचिव – मेरिल्याण्ड) रहेका छन् ।

यस बिषयमा एनआरएनए अमेरिकाले विज्ञप्ती जारी गर्दै नव नियुक्त संचारकर्मीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

संचार विभाग गठनबारे एनआरएनए अमेरिकाको वक्तव्य : 

 गैर आवासिय नेपाली संघ , अमेरिका को बिधानमा रही मिडिया तथा पब्लिकेसन बिभाग गठन गर्ने निर्णय अनुसार ६ सदस्यीय समिति गठन गरिएको छ । सस्थाको बिधान अन्तर्गत रही सस्थाका सबैखाले काम कारवाहीहरुलाई सबै एन आर एन सदस्यहरु तथा अमेरिकाबासि एन आर एनहरु समक्ष पुर्याउन सक्षम हुनुहुन्छ भन्ने हामीले आषा राखेका छौ । यस सस्थामा काम गर्न ईच्छुक सबै मिडियाकर्मी मित्रहरुलाई एन आर एन अमेरिका सधै स्वागत गर्दछौ । सधै साथ सहयोग को अपेक्षा पनि गर्दछौ । नव नियुक्त सम्पूर्ण मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ! 

एनआरएनए, अमेरिका: संचार तथा प्रकाशन बिभाग

ओम भट्टराई : संयोजक
किशन रेग्मी : उप-संयोजक (टेक्सास )
सन्दीप चौधरी : उप-संयोजक (क्यालिफोर्निया )
राजन छेत्री : उप-संयोजक (न्यु योर्क )
सरस्वती शर्मा : उप-संयोजक (विन्कंसन )
महेश खड्का : उप-संयोजक (न्यु योर्क )
बसन्त घिमिरे : सदस्य सचिव (मेरिल्याण्ड )

आवस्यकता अनुसार सदस्य पछि मनोनयन गरिने छ । हार्दिक बधाई तथा शुभकामना !

ओम भट्टराई
प्रवक्ता
गैर आवासिय नेपाली संघ,
अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *