२०८१ वैशाख ७ गते | 19th of April 2024

बार्सिलोनामा ल्होसार पर्व कार्यक्रम आयोजना हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष १२ गते २३:५३

भोला लामिछाने/यूरोप – गुरूड समुदायले मनाउदै आएको ल्होसार पर्व यसपाली पनी बार्सिलोनामा भब्य तरिकाबाट मनाउन लागिएको छ । हालै नेपालबाट पाल्नु भएका महामहिम नेपाली राजदूत दावा फुटी शेर्पा को प्रमुख आथित्यमा समाजले ल्होसार पर्व भब्य रूपमा मनाउन लागेको हो ।

कार्यक्रममा कल्चर झल्कने सागेतिक प्रस्तुतीहरू पनी रहने समाजले जनाएको छ । साथै यसपाली नेपाली डिस्को ग्रूप डान्स पनी समावेश गरिएको बताईएको छ।

कार्यक्रममा सम्पूर्ण संघ संस्थाका प्रतिनिधी लगायत नेपाली समुदायलाई उपस्थितको लागी निमन्त्रणा गरिसकीएको र सबैजना सहभागी भै कार्यक्रमको शोभा बढाईदिनु हुन अनुरोध गरेको तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष गौतम गुरूड ले बताए ।

तमु समाज बार्सिलोना स्पेनले हरेक वर्ष मनाउदै आएको ल्होसार कार्यक्रमको यसपाली १३ औ ल्होसार कार्यक्रम हो ।

कार्यक्रम विवरण :

मिति – आइताबार २९ तारीख़ ड़िसेम्बर २०१९
समय – बेलुकी ४ बजे देखी राती १०:३० सम्म
स्थान – Casinet हल
Calle Rector Triador 53, Hostafrancs, Barcelona
Metro – L3 Tarragona, L5 sant Estación
Bus – D20, H12, V7, 44, 50 ,78 , 109, 115

One thought on “बार्सिलोनामा ल्होसार पर्व कार्यक्रम आयोजना हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *