२०८१ वैशाख ११ गते | 23rd of April 2024

जाग्दैछ एनआरएनए अमेरिका महिला समिति

खुल्लामन्च
 प्रकाशित: २०७६ पुष २६ गते ११:५३

सरस्वती शर्मा (सरु) /विस्कन्सिन अमेरीका – एनआरएनए एनसिसि युएसएद्धारा गठित ओमेन पार्टिसिपेसन एन्ड इम्पावरमेन्ट समितिको पहिलो बैठक सम्पन्न भएको छ । एनआरएन एनसिसि युएसए का अध्यक्ष सुनिल साह, बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे, महासचिव पशुपति पाण्डेको उपस्थिति तथा समिति सँयोजक दिक्षा बस्नेतको सँयोजनमा पहिलो बैठक सम्पन्न भएको हो ।

बैठकमा समितिका उपसँयोजक श्रद्धा अधिकारी, रिचा थापा, सुन्दरी गुरुगं, हेमा पनेरु का साथै राज्य कर्मचार्य, निधिरानि शाह, सँगिता अर्याल, शान्ति पौड्याल, यमुना केसी, सरस्वती शर्मा लगायत अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

एनआरएन एनसिसिको बिधानमा रहि महिलाका हक अधिकारका लागि आवाज बन्ने हेतुले गठित यो समितिमा अमेरीकाका बिभिन्न राज्यमा बसोबास गर्ने सक्रिय महिलाहरुको उपस्थिति रहेको छ । समय र  व्यस्ततालाई मध्यनजर गर्दै फोन कन्फेरेन्स मार्फत भएको उक्त बैठकमा एनआरएन एनसिसि युएसएका अध्यक्ष सुनिल शाहले समितिमा छनौट भएका सम्पुर्णलाई बधाई ज्ञापन गर्दै समितिले महिलाका हक अधिकारका लागि सधै लड्न तत्पर महिलाहरु सहभागि यो समितिले महिलाका सशक्तिकरणका कार्यक्रमलाई पुर्ण सक्रियताका साथ निभाउनेमा आफु पुर्ण विश्वस्त रहेको बताउनुभयो । स्थानिय सँघ सस्थासँग हातेमालो गर्दै अगाडि बढ्न पनि सुझाउनु भयो । यस्तै बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडेले महिलाहरुका बिभिन्न समस्यालाई एनआरएन एनसिसि युएसले यस समिति मार्फत राहत पुर्याउन मद्धत गर्ने बताउनुभयो ।

बैठकमा समितिका बिधानका बारेमा जानकारी दिदै महासचिव पशुपति पान्डेले समितिले आवश्यकता  अनुसार योग्य र ईच्छुक महिलाहरुलाई समितिमा नियुक्त गर्न सकिने बताउनुभयो । उहाले समितिले बिशेषत राष्टिृय रुपमा महिलाका एजेन्डालाई अगाडि ल्याउन र बिभिन्न कार्यक्रम मार्फत त्यस्लाई समाधानका बाटो सिर्जना गर्नुपर्ने सुझाउनु भयो ।

परिचयात्क रुपमा गरीएको यो पहिलो बैठकमा उपसँयोजक तथा सदस्यहरुले पनि आ आफ्नो धारणा राख्नु भएको थियो
बैठकको अन्त्यमा बोल्दै समितिका सँयोजक तथा एनआरएन एनसिसि युएसएकी ओमेन कोर्डिनेटर दिक्षा बस्नेतले नियमित बैठकलाई निरन्तरता दिदै धेरै कार्यक्रमहरु गर्ने योजना रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *