२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएनए कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा ‘अमेरिकी सेन्सस २०२०’ विषयक कार्यक्रम सम्पन्न गर्यो

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ ५ गते २२:००

केपी भट्ट, कनेक्टिकट – एनआरएन कनेक्टिकट च्याप्टरको आयोजनामा अमेरिका उत्तरपूर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना २०२० विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा पुरा गरिएको थियो । NRNA NCC USA का बरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यमा पहिलो चरण अन्तर्गत उत्तरपुर्व क्षेत्रको सपथ ग्रहण गरेर शुरु गरेको हो । सो कार्यक्रमलाई उत्तरपुर्व क्षेत्रका सचिव एवम न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले सञ्चालन गरेको थियो ।

कार्यक्रम यस क्षेत्रका उपाध्यक्ष एवम् विषेश अतिथि वि आर लामाको सभाप्तित्वमा भएको थियो । उक्त उत्तर पुर्व क्षेत्रका संयोजक संजिव श्रेष्ठ कार्यसमिति सदस्य धनश्याम खड्का लगायतले सथप ग्रहण गर्नुको साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम अनआरएन कनेक्टिकट च्यापटरका अध्यक्ष हरिप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । दोस्रो चरण अन्तर्गत अमेरिकी जनगणना Census 2020 को बारेमा विभिन्न व्यतिहरुले आफ्नो धारणा राख्नुको साथै आगामी Census 2020 मा सहभागी हुन अनुरोध गरेका थिए । वेष्ट हार्टफोर्ड टाउन Representation of Census 2020 को तर्फबाट Cathrine Marx ले अमेरिकी जनगणनाको बारेमा चर्चा गरेको थियो ।

कार्यक्रममा NRNA NCC USA का बोर्ड मेम्बर खेम विक्रम भट्टराई, NRNA NCC USA का युथ कोडिनेटर विनोद रुवाली , एनआरएन NCC USA का सल्लाहकार सन्जय थापा, सतेन्द्र शाह, न्युहेम्पसायर च्याप्टरका अध्क्षय डम्बर कडरिया, बोस्टन च्याप्टरका अध्यक्ष प्रेम लामा, न्युजर्सी च्याप्टरका अध्यक्ष समर बुढाथोकी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न स्थानीय संध संस्थाका प्रमुखले आ-आफ्नो धारणा राखेका थिए । नेपाली समाज कनेक्टिकटका अध्यक्ष जितेन्द्र बस्नेत, हाडफोर्ड लायन्स क्लबका अध्यक्ष माधव आत्रेय लगायतले Census 2020 मा सबै लाई सहभागी हुन अनुरोध गरेको थियो । च्याप्टर सचिव केपी भट्टले सन्चालन गरेको कार्यक्रममा यस क्षेत्रका स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमको अन्त्यमा च्यापटरको तर्फबाट अध्यक्ष हरिप्रसाद जोशीले कार्यक्रम सफल बनाऊन सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै समापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *