२०८१ वैशाख १३ गते | 25th of April 2024

विस्कन्सनमा घन्कियो देउडा

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ ६ गते १:२०

सरस्वती शर्मा (सरु ) विस्कन्सिन, अमेरीका – गौरा समाज विस्कन्सिनद्धारा आयोजित माघि मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपालको सुदुर र मध्यमश्चिमेली सस्कृतिको झल्को मेटाउन स्थापित गौरा समाजको कार्यक्रममा साच्चै नै सुदुरी माहोल देख्न पाईएको थियो ।
बिभिन्न समुह बनाएर एकातिर देउडा गितले भरपुर स्थान पाईरहेको थियो भने अर्को तिर सुदुरपश्चिमेली सस्कृति झल्किने भेषभुषामा महिलाहरु सजिएका थिए । स्थानिय कलाकारहरु कोही तराईको झल्को मेट्न माघि गितमा नृत्य गर्दै थिए भने कोही देउडामा सामुहिक नृत्य गर्नमा रमाईरहेका थिए । 

बासुदेव जोशी सँयोजक, लक्ष्मण खड्का , शोभा शर्मा अधिकारी , राजु ओझा , लेखनाथ तिमिलसेना सदस्य तथा मुक्ति प्रसाद रेग्मी, हरि प्रसाद जोशी , बासुदेव अधिकारी , राजेश्वर निरौला सल्लाहकार रहनुभएको उक्त गौरा समाजले सुदुर तथा मध्यपश्चिमेली सस्कृतिहरुलाई सँरक्षण गर्दै पुस्तान्तरण गर्ने अठोटका साथ लागि परेको उक्त कार्यक्रममा भएका प्रस्तुतीमा देखिएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका समाजका सँयोजक जोशीले बिदेशमा बसोबास गर्ने बालबालिकाले नेपालका सस्कृति जान्नै नपाउने र विर्सदै जाने गरेकाले परम्परा लोप हुन नदिन पनि यस्ता कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।  

तिलक बम मल्लको बेजोड प्रस्तुती : 
अर्कातिर तिलक बम मल्लको साँकृतिक प्रस्तुतीमा रम्नेहरुको कुरै फरक छ । उपस्थित दर्शकलाई छमछम नाचाउन शिपालु लोक गायक तिलक बम मल्ल साँगितिक कोसेली पस्कन व्यस्त थिए । स्थानिय दर्शक तथा पाहुना मल्ललाई गित गाउन नदिने सुरमा नाच्नमै झुमिरहेको देखिन्थ्यो । उनले आफु्ना पुराना तथा प्रचलित थुप्रै गितहरुबाट उक्त कार्यक्रमको माहोल निकै तताएको देखिन्थ्यो । सास्कृतिक कार्यक्रमको सँचालन लक्ष्मण खड्काले गर्नुभएको थियो ।

एनआरएनए एनसिसि अमेरीकाको विस्कन्सिनद्धारा सपथ :
गौरा समाजका सँयोजक बासुदेव जोशिको सभापतित्व तथा एनआरएनए एनसिसि अमेरीका मिडवेस्ट क्षेत्रका उपाध्यक्ष बुद्दि सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए एनसिसि अमेरीका विस्कन्सिन च्याप्टरमा मनोनित दुई सदस्यहरुले सपथ ग्रहण गरेका छन् । सांस्कृतिक र औपचारीक दुई भागमा बिभाजित गरी आयोजना गरीएको उक्त कार्यक्रममा विस्कन्सिन च्याप्टरका अध्यक्ष टुक रेग्मी, उपाध्यक्ष दिपक थापा , सचिव गोबिन्द फुलारा , कोषाध्यक्ष हरि अधिकारी तथा केन्द्रिय सदस्यहरु तिलक महत , बासुदेव अधिकारीको उपस्थितिमा मिडवेस्ट उपाध्यक्ष बुद्दि सुबेदीले सपथ ग्रहण गराउनुभएको हो ।

निर्वाचनपछि च्याप्टरको पहिलो बैठकले मनोनित गरेका सदस्यहरु सरस्वती शर्मा र शम्भु लामिछानेलाई औपचारीक रुपमा सपथ ग्रह्ण गराईएको च्याप्टरका सचिव गोबिन्द फुलाराले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुबेदीले गौरा समाज र एनआरएनए एनसिसि विस्कन्सिन च्याप्टरलाई धन्यबाद ज्ञापन गर्दै मनोनित सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *