1

स्पेनका राजा फिलीपे छैटौं समक्ष राजदूत दावाफुटी शेर्पाद्वारा ओहोदाको प्रमाणपत्र ग्रहण

101 पटक पढिएको

भोला लामिछाने/यूरोप – स्पेनका लागि नेपाली महामहिम राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र लिएकी छन् ।गएको शुक्रबार स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र लिएकी हुन् । महामहिम शेर्पा लाई उक्त ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो । यूरोपमा राजतन्त्रातमक मुलुक मध्य स्पेन पनी एक हो ।

स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी हुन् । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदूत भरत बहादुर रायमाझी थिए ।

अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियूक्त गरेर स्पेन पठाउने निर्णय गरे सगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिईन् ।

स्पेनमा नेपालीहरूको बाक्लो वस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथीत्यता लिदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागि पर्ने छु महामहिम राजदूतले वताएकी थिईन ।साथै स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन दुताबासले भुमीका निभाउनु पर्ने र सबै नेपाली समुदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले थपीन् ।

दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन।शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, दुताबास सग स्पेनवासी नेपालीहरू निकै आशावादी रहेका छन् ।

तपाईको प्रतिक्रिया

गोकुल ढकाल /लस एन्जलस - संसारकै बैभव मुलुकको रुपमा कहलिएको अमेरिका कोरोना भाईरस संक्रमणको.. ...

अमेरिका - गैरआवासीय नेपाली संघको मानार्थ परिषद (एनआरएनए माप) को पहिलो बैठक संघका अध्यक्ष कुमार.. ...

भोला लामिछाने -  स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...