२०८१ वैशाख ७ गते | 19th of April 2024

नेवा अर्गनाईजेशनद्वारा रक्तदान कार्यक्रमको आयोजना

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ ११ गते २१:५२

लस एन्जलस – नेवा अर्गनाईजेशन, साउदर्न क्यालिफोर्नियाले ‘रक्तदान – जिवनदान’ को अर्को चरणको कार्यक्रमको आयोजना गरेको छ ।

श्रीपशुपतिनाथ बुद्ध मन्दिरको सामुदायिक भवनमा भोली आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गरी मानवकर्ममा पुण्य कमाउन संस्थाका अध्यक्ष विमल श्रेष्ठले अनुरोध गरेका छन् ।

असली सामुदायिक कार्यक्रम र क्रियाकलापहरुमा क्यालिफोर्नियामा अग्रणी संस्थाको रुपमा सबैमा भिजेको नेवा समाज, लस एन्जलसले आफ्नो स्थापना कालदेखिनै रक्तदान कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।

नेपाली परम्परा, विशेषत: नेवारी संस्कृतिका हरेक चाड या कार्यक्रमहरु यस समाजले सदैव लस एनजलसमा आयोजना गर्दै आएको छ । त्यसो त, अमेरिकन रेडक्रसको सहयोगमा आयोजना हुने भोलिको रक्तदान कार्यक्रम विहान ९:०० बजेबाट अपरान्ह ३:०० बजेसम्म आयोजना हुने संस्थाका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *