1

रश्मोर नगरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

274 पटक पढिएको

गोरखा – बेलायतको रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक औपचारिक कार्यक्रमका बिच बेलायतको रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ ।

सोही कार्यक्रममा सहभागी हुन नगरप्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष  किशोरजंग थापा बुधबार बिहान बेलायत पुगेका हुन् ।

उनीहरुलाई लण्डन स्थित विमानस्थलमा बेलायतका लागि नेपाली दुतावासका कर्मचारी तेजेन्द्र रेग्मी, रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, रश्मोर काउन्सिलका डेमोक्रेशी स्ट्राटेजी मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भर लगायतले स्वागत गरेका थिए ।

रश्मोरसंगको भगिनी सम्बन्ध स्थापना कार्यक्रममा भ्रमण बर्ष २०२० तथा गोरखा जाऔं अभियानको जानकारी दिने साथै भ्रमणका लागि निम्तो समेत दिने कार्यक्रम रहेको बताइएको छ ।

गोरखा नगरपालिकाको बेलायत स्थित रश्मोर काउन्सिलसंग भगिनी सम्बन्ध स्थापना भएको अवसरमा शुक्रबार नेपाली दुतावासले समेत विशेष कार्यक्रमको आयोजना गरेको बताइएको छ । जसमा बेलायतका बिभिन्न काउन्सिलका प्रमुख तथा सरकारी कार्यालयहरुका प्रतिनिधीहरु समेत सहभागी हुने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

लस एञ्जलस, कार्तिक ८ गते । खुल्लामञ्च नेपाल सम्पादक पुष्पा खनालको गीत 'माया केवल माया'.. ...

लस एन्जलस - बिगत लामो समयदेखि लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका अध्यक्ष.. ...

काठमाडौं - नेपाली कांग्रेसका महासमिती सदस्य, एनआरएनए सल्लाहकार तथा अमेरिकन नेपाली समाजसेवी.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...