२०८१ वैशाख १४ गते | 26th of April 2024

लबकमा सरस्वती देवीको सम्झना

खुल्लामन्च
 प्रकाशित: २०७६ माघ १९ गते २२:३२

लबक, टेक्सास –  भजनगीत एवं नृत्यमार्फत यहाँका हिन्दुधर्मालम्विहरुले सरस्वतीलाई सम्झना गरेका छन् । नेपाली, भारतीय, वंगालादेशी लगायत एशियाका हिन्दु धर्मालम्विहरु एकै साथमा बसेर विद्याकी खानी सरस्वतीको संझना गरेका हुन् । यस अवसरमा सरस्वतीप्रति भजन, गीत र नृत्य, पुजाआजा समप्रित गरिएको थियो । वाँसुरी र भायोलेनको संगितमय ध्वन लगायत मादल तवला जस्ता वादयवादक सामाग्री बजाएर सरस्वतीदेवीको जन्मदिन मनाइएको थियो । यसका साथै सरस्वतीको महिमाको चर्चा गरिएको थियो ।

यहाँस्थित भारतीय समुदायद्धारा सन्चालनमा ल्याएको हिन्दु मन्दिरको सन्चालक कमिटीको नेतृत्वमा रहेकी नेपालीमुलकी डा विभा गौतमले संयोजन गरेको उक्त कार्यक्रममा लवक नेपाली समुदायको पनि सहभागिता रहेको थियो । लबक नेपाली समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रो डा मेघनाथ पराजुलीले हिन्दु दर्शणका हिसावले एशिया क्षेत्र धनि रहेको वताउदै पछिल्लो पुस्तालाई धार्मिक ज्ञान संस्कार सिकाउन सके धर्मको संरक्षण हुनुका साथै वालवालिकाहरुको भविश्य सार्थक रहने विश्वास व्यक्त गरे ।

हिन्दु धर्मलाई संरक्षणमा संख्यात्मक हिसावले भारत एशियाको ठूलो देश रहेको वताउदै भारतका विभिन्न ठाउहरुमा सरस्वतीको पुजाआजा भव्यरुपमा मनाइने चर्चा भारतीय समुदायका प्रतिनिधिहरुले गरेका थिए ।

आजकै दिनमा वालवालिकाको औपचारिक शिक्षाको पहिलो खुडकिलो अक्षर लेखनको काम शुरु गर्दा धेरै विद्या आर्जन गर्न सकिने विश्वास रहेको छ । सरस्वतीको जन्मदिनको अवसर पारि आयोजित उक्त कार्यक्रममा नेपाली, भारतीय, वंगालादेशी लगायत समुदायका वालवालिकादेखी वृदागरि एकसयभन्दा वढि सहभागि भएको आयोजक पक्षले वताएको छ ।

संख्यात्मक हिसावले सानो सहभागिता रहेपनि प्रतिनिधिमूलक सहभागिता रहेको आयोजक पक्षको भनाई छ । सहभागिहरुले सरस्तीको प्रसाद पनि ग्रहण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *