२०८१ वैशाख ११ गते | 23rd of April 2024

विवादास्पद मन्त्री गोकुल बांस्कोटाद्दारा राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन ८ गते १०:०४

काठमाडौं – संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरि सुरु भएको प्रतिनिधि सभामा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामाको जानकारी गराएका हुन् ।

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले अडियो सार्वजनीक गरेका थिए । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बांस्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेका थिए ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्।

अडियो सार्वजनीक भएसँगै बाँस्कोटा चौतर्फी बिरोध हुनाको साथै राजीनामाको माग गरिएको थियो । दम्भ र आडम्बले उत्तेजीत मन्त्री बांस्कोटाको ब्यवहार उत्ती सम्मानजनक चांही थिएन ।

स्रोत : हाम्राकुरा

पुर्व सभामुख कृष्णबहादुर महराको करणी कान्डको पर्दाफास गरेर चर्चा कमाएका पत्रकार अजयबाबु सिवाकोटीद्दारा निवर्तमान संचारमन्त्रीको घुसखोरी कान्डले मन्त्रीको राजिनामा दिने हालत बनाएको छ । चाकरी र चाप्लुसीको पत्रकारितालाई तिलान्जली दिंदै सच्चाईपथमा सिवाकोटीको पत्रकारिताले नेपालका शक्तिशाली राजनीतिज्ञहरुको कर्तुतले राजनैतीक जीवन खरानी भएको शायदै यो पहिलोपटक हो ।

सलाम सिवाकोटी तपाईंंको साहसलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *