२०८१ वैशाख ८ गते | 20th of April 2024

टेक्सासमा भ्रमण बर्ष-२०२० लक्षित ‘ईन्द्रेणी होली’ आयोजना हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन १४ गते ९:४९

डालस – रंगहरुको पर्व होली अमेरिकाको टेक्ससमा यो बर्ष पनि भब्य रुपमा मनाईने भएको छ । बिगतका बर्षहरुमा झैं यो बर्ष पनि नेपाली समाज टेक्सस र ईन्दे्रणी साँस्कृतिक संघले आगामी मार्च ७ तारिक शनिवारकाका दिन टेक्ससको जेक्सन पेभेलियन पार्क गे्रेपभाइनमा ईन्द्रेणी होली आयोजना गर्ने भएको हो ।

मार्च ७ शनिवार दिउँसो १२ बजेबाट साँझ ६ बजे सम्म चल्ने यस होली उत्सव यस पटक नेपाल भ्रमण बर्ष २०२० लक्षित रहेको छ । त्यसैले पनि यस बर्षको ईन्द्रेणी होली अझै आर्कषक र उत्साहजनक हुने बताईएको छ । सांगीतिक वातावरणमा बिबिध साँस्कृतिक कार्यक्रम समेत रहने यस पटकको ईन्द्रेणी होलीलाई लिएर यहाँ रहेका नेपालीहरु उत्साहित देखिन्छन् ।

इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीका अनुसार मातृभुमी नेपालबाट टाढा रहेतापनि आफ्नो संस्कृतिमाथी गर्व गर्ने हामी नेपालीहरुलाई यस प्रकारका कार्यक्रमले आपसी आत्मियता, सद्भाव र खुसी बाढ्न सकोस् भन्ने उदेश्यले ईन्द्रेणी साँस्कृतिक संघ र नेपाली समाज टेक्ससले यस प्रकारका कार्यक्रमहरु गर्दै आएको छ । यस बर्ष नेपाल भ्रमण बर्ष २०२० समेत परेकाले यस होली भ्रमण बर्ष लक्षित बनाईएकोले पनि पृथक हुनेछ । यि दुई संस्थाको सहकार्यमा नेपाली नयाँ बर्ष, तिज, तिहार र होली बिषेस कार्यक्रम हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *