२०८१ वैशाख १२ गते | 24th of April 2024

गोकर्णेश्वर नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन १४ गते १०:०१

काठमाडौं – गोकर्णेश्वर नगरपालिकामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नयाँपाटीस्थित बालसुधार माध्यमिक विद्यालयको प्रांगणमा पूर्व मन्त्री अम्बिका बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी राष्ट्रको गहना भएकाले राज्यले नै खेलाडीहरुको संरक्षण गर्नु पर्ने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विद्यालयस्तर देखि नै खेल क्षेत्रमा लगानी गर्दा भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै जाने धारणा राख्नुभयो । फागुन १५ सम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्टस् लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *