२०८१ वैशाख ८ गते | 20th of April 2024

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन १५ गते १४:५९

काठमाडौं –  गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोस्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायतको उपस्थिति थियो । प्रतियोगितामा खेलाडीहरुबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयका खेलाडीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *