२०८१ वैशाख १३ गते | 25th of April 2024

बोस्टनमा एनआरएनए अमेरीका र एनडब्लुजिएनले नारी दिवस मनाउदै

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन १५ गते १७:१२

सरस्वती शर्मा सरु /अमेरीका – २०२० को अन्तराष्टिृय नारी दिवस बोस्टनमा मनाईने भएको छ । गैरआवासिय नेपाली सँघ अमेरीकाद्धारा गठित ओमेन पार्टिसिपेसन एन्ड इम्पावरमेन्ट समिति र नेपाली वेमेन्स ग्लोवल नेटर्वक न्यु इन्ग्ल्यान्ड च्याप्टरको सँयुक्त आयोजनामा आउदो मार्च ८ मा बोस्टनमा मनाईने भएको हो । यि दुई समिति बिच केही दिन अघि भएको बैठक पश्चात ११० औँ अन्तराष्टिृय नारी दिवस सँयुक्त आयोजनमा गर्ने गरी भव्य रुपमा तयारी भईरहेको छ ।

कार्यक्रममा महिलाका बिभिन्न समस्यागत मुद्धाहरुमा छलफल गर्ने , महिला शसक्तिकरण, सहभागिता र प्रवासमा रहेका नेपाली महिलाहरुका भोगाईका बारेमा अन्तरक्रिया गरिने आयोजकले जानकारी दिएको छ । महिलाहरु पनि सवल बन्नु पर्छ भन्ने बुद्धालाई ध्यानमा राख्दै सहकार्य र हातेमालो आजको आवश्यक्ता हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त कार्यक्रममा उपस्थितिका लागि आयोजक समुहले अनुरोध गरेको छ ।

११० औ राष्टिृय महिला दिवस मनाउने समय सम्म आईपुग्दा धेरै देशमा धेरै परिवर्तनहरु आएका छन् । धेरै महिलाले नेतृत्व पाएका छन् । हाम्रो देश नेपालको हकमा पनि राष्टृ प्रमुख, न्यायालय, स्थानिय तह , कार्यालय जस्ता धेरै उच्च स्थानमा महिला प्रमुखका रुपमा पुग्न सफल भएका छन । पहिलेको तुलनामा नेपालले धेरै फड्को मारेपनि पनि गाउका धेरै महिलाहरु घर भित्रै घेरीएर बस्न बाध्य छन् । त्यति मात्रै होईन अमेरीका जस्तो बिकसित देशमा आएर पनि हामि नेपाली महिलाहरु मध्य कतिपय महिला अझै पनि घरपरिवार तथा श्रीमानको ईज्जतका डरले अगाडि बढ्न सकिरहेका छैनन् । महिला बोले पोथी बासेको भन्ने हाम्रो नेपाली समुदायको सोचले अमेरीका सम्म आईपुग्दा पनि नेपालीहरुलाई छाड्न सकेको छैन ।

यस्तै सँकुचित धारणालाई बिस्तारै हटाउनका लागि पनि यस अन्तराष्टिृय नारी दिवसका कार्यक्रमले निकै नै टेवा पुग्ने छ । निकै बिकसित भनिएका देशमा पनि नारी उत्पीडन अनि असमानताका मुद्धा लुकाएर बसिरहेका छन् । यस्ता समस्याहरुलाई बाहिर ल्याउनका लागि पनि महिलाका मुद्धामा काम गरीरहेका यस्ता समितीको आयोेजनामा हुने कार्यक्रमले हौसल प्रदान गर्ने छ ।

गैरआवासिय नेपाली सँघ अमेरीकाद्धारा गठित ओमेन पार्टिसिपेसन एन्ड इम्पावरमेन्ट समिति र नेपाली वेमेन्स ग्लोवल नेटर्वक न्यु इन्ग्ल्यान्ड च्याप्टरको सँयुक्त आयोजनामा हुन गईरहेको यस कार्यक्रमले महिलाहरुका यस्ता समस्यालाई उजागर गदै महिला र पुरुष बिचको तगारोलाई हटाउनेमा आयोजक बिश्वस्त रहेको जनाएको छ । कार्यक्रम सफलताका लागि अमेरीकामा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको उपस्थितीका लागि आयोजकले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *