२०८१ वैशाख ११ गते | 23rd of April 2024

कोरोनाले ल्यायो हात धुने सचेतना , न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन २४ गते १३:३६

काठमाडौ –  पछिल्लो समय विश्वमा फैलिँदै गएको कोरोना भाइरसका कारण नेपालमा हात धुनु पर्ने सचेतना   ह्वात्तै  बढेको छ । यसैलाई कमाउने अवशरकोरुपमा लिदै ब्यापारीहरुले हात सफाईमा प्रयोग हुने सेनीटाईजर , हात धुने साबुंन ,तथा लिकुइडको कालो बजारी समेत गरेको पाईएको छ ।   काठमाडौँको   न्यूरोड क्षेत्रमा हात धुनका लागि ‘पानीका धारा’ जडान समेत  गरिएको छ । काठमाडौँको प्रमुख व्यावसायिक क्षेत्रका रूपमा परिचित न्यूरोडको पाको रोडका मोबाइल व्यवसायीले कोरोनाबाट बच्नका लागि उक्त सडकको दुईतर्फ १२ पानीका ड्रमसहित धारा जडान गरेका हुन् ।

जडान गरिएको धाराको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का निर्देशक सञ्जीव राना र पाको रोडका व्यवसायीले हात धोएर कार्यक्रमको संयुक्त उद्घाटन गर्नुभएको हो । कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख सुवेदीले कोरोना भाइरसबाट जोगिन हात धुनुपर्ने बताउँदै हात धुनका लागि न्यूरोडका व्यवसायीले धारो राखेर राम्रो कामको थालनी गरेको उल्लेख गर्नुभयो । केयुकेएलका निर्देशक रानाले कोरोना भाइरसको जनचेतना देशैभर फैलाउनु जरुरी रहेको बताउनुभयो । विश्वमा पछिल्लो समय भयावहरूपमा फैलँदै गएको कोरोनाको असर नेपालमा पनि पर्नसक्ने भन्दै यसबाट जोगिनुपर्ने उहाँको भनाइ थियो ।
न्यूरोड क्षेत्रमा आउने ग्राहकलाई साबुनपानीले हात धुन र कोरोना भाइरसबाट जोगिनका लागि उक्त अभियानको थालनी गरेको स्थानीय व्यवसायी विवेक शर्माले जानकारी दिनुभयो । पानीको ड्रमसहित धारा जडानका लागि रु तीन लाख बराबर खर्च भएको छ ।हात धुने अभियानको प्रभावकारिता हेरेर काठमाडौँ मल, सुन्धारा, न्यूरोड प्रवेशद्वारमा समेत पानीका धारा र साबुन राखिने शर्माको भनाइ छ । पाकोका अर्का व्यवसायी महेन्द्र शाहीले अभियानलाई काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *