२०८१ वैशाख १४ गते | 26th of April 2024

कोरोना विरुद्धको अभियानमा दलहरु एकजुट

खुल्लामन्च
 प्रकाशित: २०७६ फागुन २८ गते १४:३८

काठमाडौँ – विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधबार आयोजित  सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने जोड दिएको छ । बैठक पछि सञ्चारकर्मी संग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाईरसको संक्रमण फैलिन नदिन राष्ट्रिय सहमति देखिएको र त्यस अनुसार नै सरकार अगाडि बढ्ने बताउनुभयो ।बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भइसकेको जानकारी गराईएको नेताहरूले बताउनुभयो ।

यस बाट नेपाल कोरोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने बैठकमा छलफलका क्रममा सहभागीहरूले धारणा राख्नुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले जानकारी दिनुभयो ।बैठकपछि सञ्चारकर्मी संग कुरा गर्दै नेपाली काँग्रेसका नेता गगनकुमार थापाले उच्च सतर्कता अपनाउन र नेपालका अस्पतालहरूलाई विपत्ति आई परेको खण्डमा पूर्ण तयारी अवस्थामा रहने गरी काम गर्न आफुहरूले सुझाव दिएको बताउनुभयो ।कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाउनुभएकोे बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाँण र गगन थापा, राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *