२०८१ वैशाख १५ गते | 27th of April 2024

कोरोना महामारीमा राहत सहजताका लागि जुट्दै अमेरिकामा कांग्रेसीहरु

खुल्लामन्च
 प्रकाशित: २०७६ चैत १० गते १८:०६

अमेरिका – भयंकर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको त्रासदीले घरभित्रै रहन वाध्य अमेरिकी नेपाली समुदायका सदस्यहरुलाई जिविकोपार्जनको अत्यावश्यक सामग्रीहरुको अभाव खट्किरहेको समयमा खाद्धान्न आपुर्तीको सहजताका लागि अमेरिकामा सकृय नेपाली जनसंपर्क समितिका सदस्यहरुले नि:शुल्क वितरण गर्ने ब्यवस्था गरेका छन ।

सम्भवत: अमेरिकामा सबैभन्दा बढी नेपालीहरुको बसोवास रहेको टेक्सास राज्यका नेपालीहरुलाई दैनिक जिविकोपार्जनका बस्तुहरुको अभाव रहेमा नेपाली जनसमपर्क समिती, वेष्ट टेक्सास च्याप्टर समितीले आबश्यक आपुर्तीका लागि संपर्क गर्न नेपाली समुदायलाई आव्हान गरेको छ ।
दैनिक उपभोग्य बस्तुहरुको अभाव बढेपछि वेष्ट टेक्सस च्याप्टरले समुदाय भित्रका विद्यार्थी तथा अन्य समुदाय सदश्यहरुलाई सामग्री बितरण सुरु गरेको हो ।

संस्थाका निवर्तमान अध्यक्ष, नेपाली कांग्रेस महासमिती सदस्य तथा अमेरिकी नेपाली समुदायका परिचित समाजसेवी हरिबोल भण्डारीले टेक्सास क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायका अन्य सदस्यहरुलाई चामल, दाल, नुन, तेल तथा मसलाहरुको अभाव भए नेजस वेष्ट टेक्सास च्याप्टरसंग सम्बन्धित ब्यक्तिहरुलाई संपर्क गर्न आग्रह गरेका छ । दैनिक उपभोग्य बस्तुहरु नि:शुल्क वितरणको लागि संस्थाले आर्थिक श्रोत भने च्याप्टर सम्बद्ध ब्यक्तीहरु एवम शुभेच्छुकहरु मार्फत जुटाउने कुरा वितरण समितिमा रहेका सदस्य केदार तिमल्सिनाले जनाएका छन ।

दैनिक उपभोग्य बस्तुहरु नि:शुल्क प्राप्तीका लागि संपर्क ब्यक्तीहरु :

प्रबिण घिमिरे (काबा अध्यक्ष ) : 703 – 870 9423 
राम राज पोखरेल
बिजय मान श्रेष्ठ
प्रेम पाठक
राजु लामा
हरी ढकाल
केदार तिमील्सिना : 214 – 415 7322
नारायण अधिकारी
अमृत कट्टेल : 214 – 708 2311
नबिन बस्नेत ।

न्यूयोर्कमा पनि जुटे कांग्रेसीहरु :

नेपालीहरुको बिशाल बसोबास रहेको न्यूयोर्क राज्यमा पनि यसै बिषयलाई मध्यनजर गरेर नेपाली समुदायका सदस्यहरुलाई उपभोग्य बस्तुका अत्याबश्यक आपुर्ती सहयोगका लागि नेपाली जनसम्पर्क समितिका सदस्यहरु लागिपरेका छन । अमेरिकामा कोरोना भाईरसको सबैभन्दा बढी संक्रमण रहेको न्यूयोर्क राज्यमा नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक एवं महासमिति सदस्य विष्णु सुबेदी, एनआरएन आईसिसी सदस्य तथा महासमिती सदस्य प्रमोद सिटौला र नेपाल तरूण दल, अमेरिकाका उपाध्यक्ष अनन्त सुबेदीहरुको पहलमा वितरण सहजताको पहल भएको छ ।

दाल, चामल, नुन तथा मसलाहरुको समस्या रहेमा नेपाली समुदायका सदस्यहरुले तुरुन्त संपर्क गर्नुहुन अनुरोध गरिएको छ ।

संपर्क ब्यक्तीहरु :
बिष्णु सुवेदी : 646 – 249 3482
अनन्त सुवेदी : 347 – 935 4123

तस्विर : विश्व सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *